Aamsanchar

विषादीमुक्त प्रयोग सप्ताह शनिबारदेखि

Author Image
शनिवार, मंसिर १८, २०७३

ललितपुर ।

food-poison-pesticide-residues-found-in-vegetables-300x225

कृषि विभाग, बाली संरक्षण निर्देशनालयले शनिबारदेखि यही मङ्सिर २५ गतेसम्म विषादी प्रयोगमुक्त सप्ताह मनाउने भएको छ ।
निर्देशनालयले यहाँ शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी किसान, व्यापारी, उपभोक्ता लगायत सरोकार भएकाहरुलाई सचेत गर्ने उद्देश्यले सप्ताह मनाउन लागेको बताएको छ ।

नेपालमा भित्रिने विषादीमध्ये ८५ प्रतिशत तरकारी प्रणालीमा आधारित सघन खेती भएका स्थानमा प्रयोग भइरहेको निर्देशनालयका कार्यक्रम निर्देशक डिल्लीराम शर्माले बताउनुभयो ।

उहाँले भन्नुभयो, “विभिन्न अध्ययनले  विषादीको मात्रा तरकारी बालीमा बढी हुने गरेको देखाएको छ । ” गत वर्ष नेपालमा चार सय ५४.६ टन विषादी आयात भएको थियो ।
निर्देशनालयले उपभोक्ता र व्यापारी दुवैलाई सचेत गर्न दुई वर्ष पहिलेदेखि कालिमाटीमा फलफूल तथा तरकारीको अवशेष विश्लेषण सुरु गरेको थियो ।  शर्माले भन्नुभयो, “हामीले सुरु गर्दा तरकारी र फलफूलमा विषादीको मात्रा बढी पाइए पनि अहिले कम भएको छ । ”
सन् १९८४ मा भारतको भोपालमा विषादीको चुहावटबाट २० हजारको मृत्यु भएको स्मरण गर्दै विश्वभर सन् १९९८ देखि विषादी प्रयोगमुक्त दिनका रुपमा डिसेम्बर ३ लाई मनाउने गरिएको हो ।  नेपालमा भने यसलाई मनाउन लागिएको यस पटक चौथो वर्ष हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 203

प्रतिक्रिया (०)

सम्बन्धित खबर