Aamsanchar

बालविवाह गर्न लागिएका जोडीको उद्धार

Author Image
शनिवार, मंसिर १८, २०७३

महोत्तरी।bal ba

यहाँको समाजले जबर्जस्ती बालविवाह गराउन खोज्ने काम शुक्रबार रोकेको छ । महोत्तरीको फुलकाहाबाट उद्धार गरिएको छ ।

फुलकाहा गाविस–९ जमुनियाका लक्ष्मण चौधरीका घरमा राखिएकी १४ वर्षीया आरतीकुमारी चौधरीलाई शुक्रबार साँझ प्रहरीको रोहबरमा उद्धार गरिएको हो ।

उद्धार गरिएका जोडी अहिले इलाका प्रहरी कार्यालय गौशालाको नियन्त्रणमा छ ।घटनामा संलग्न अन्य व्यक्तिको सम्बन्धमा अनुसन्धान जारी रहेको प्रहरी निरीक्षक शम्भु पोखरेलले बताए ।

बाल संरक्षण तथा प्रवद्र्धन समिति भरतपुर, सामुदायिक परिवार कल्याण समाज महोत्तरी र प्रहरी तथा पत्रकार सम्मिलित एक टोलीले लक्ष्मणका घरमा राखिँदै आएकी उक्त किशोरीलाई उद्धार गर्न सफल भएको हो ।

लक्ष्मणका १६ वर्षीय छोरा कृष्णसँग प्रेम सम्बन्ध रहेको जनाउँदै जबर्जस्ती विवाह गराइदिने उद्देश्यले स्थानीय पञ्च कहलाउनेहरुले आफ्नो निगरानीमा एक महिनादेखि उनको घरमा आरतीलाई राख्दै आएका थिए ।

त्यस गाउँका भद्रभलाद्मीले यसअघि पनि कम उमेरका युवाका अभिभावकसँग भोजभतेरका नाममा हजारौँ रकम जरिवाना तिराई बालविवाह गराउँदै आएको बताइएको छ ।

Views: 134

प्रतिक्रिया (०)

सम्बन्धित खबर