Aamsanchar

सहिद वान्तवाको जीवनी वृत्तचित्रमा

Author Image
शनिवार, मंसिर १८, २०७३

इलाम ।

image-62

वामपन्थी योद्धा सहिद रत्नकुमार वान्तवाको जीवनीमा आधारित वृत्तचित्र ‘बलिदान कहिले मर्दैन’ यहाँ उहाँकै मातृभूमिमा शुक्रबार प्रदर्शन भएको छ ।

सुनसरीका पत्रकार जसकुमार राईले निर्माण गरेको उक्त वृत्तचित्र किराँत राई पत्रकार सङ्घले प्रदर्शन गरेको हो । वान्तवाको जन्मस्थल चित्रेस्थित पुरानो घर, सुरुङ, उहाँको हत्यास्थल, चौतारो हँुदै सिंहवाहिनीको समाधिस्थल र भानुरत्न टोलको सालिक आदि वृत्तचित्रमा समेटिएको सङ्घका रीता राईले जानकारी दिनुभयो । सुरुङ खन्दा ‘बाल रेडगार्ड’ भूमिका निर्वाह गर्ने रत्नकै परिवारका डिल्ली, महेश र देउप्रसाद बान्तवासँगको कुराकानी पनि वृत्तचित्रमा छ ।

सँगै हिँडिरहँदा रत्न मारिएपछि भागेर जोगिनुभएकी सुशीला श्रेष्ठ र राममाया राईको घटनास्थलमै भनाइ समेटिएका छन् । वान्तवा जस्तै निम्नवर्गीय परिवारमा जन्मेर भूमिगत राजनीति गरिरहँदा पञ्चायतको निशाना बन्ने बम वान्तवा र निमा शेर्पाबारे पनि वृत्तचित्रमा देखाइएको छ ।

उहाँको योगदानलाई कदर गर्दै अघिल्लो सरकारले उहाँलाई सहिद घोषणा गरेको छ । धेरै नेताले ‘आदर्श’ मान्ने वान्तवाले बनाएको सुरुङ र घरको पनि यही वर्ष जीर्णोद्धार गर्न थालिएको छ । विसं २००८ चैत २७ गते जन्मनुभएका उहाँ विसं २०३५ मा सोही महिना र दिनमा २७ वर्षकै उमेरमा सहिद हुनुभएको थियो ।

वान्तवाको जीवनीमा आधारित वृत्तचित्रसहित अर्को ‘पहिचान’ नामको वृत्तचित्र पनि सँगै देखाइएको छ । ती वृत्तचित्र झापा, मोरङ, सुनसरी र काठमाडौँमा पनि प्रदर्शन गरिने जनाइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 209

प्रतिक्रिया (०)

सम्बन्धित खबर