Aamsanchar

मोर्चाका शीर्ष नेतालाई रे को दबाब

Author Image
शनिवार, मंसिर १८, २०७३

काठमाडौं

ranjit

नेपालस्थित भारतीय राजदूत रणजित रायले संविधान संशोधन विधेयकको समर्थन गर्न मधेसी मोर्चाका शीर्ष नेतालाई ‘दबाब’ दिएका छन्।

शनिबार विहान दूतावास मै बोलाएर राजदूत रायले सरकारले संसदमा पेश गरेको संशोधन प्रस्तावलाई समर्थन गर्न दबाब दिएका हुन्। संशोधन प्रस्तावलाई मधेसी मोर्चाले नस्विकार्ने बताएपछि राजदूत रायले चासो व्यक्त गरेका हुन्।

शनिबार विहान खानासहितको भेटमा राजदूत रायले संशोधन विधेयकका विषयमा मोर्चाको धारणा जान्न खोजेका थिए। जवाफमा मोर्चाका नेताहरुले सरकारले संसदमा दर्ता गरेको संशोधन प्रस्ताव सकारात्मक भएको उल्लेख गर्दै त्यसलाई थप परिमार्जन गरिए आफूहरुलाई स्विकार्य हुने बताएका थिए।

मोर्चामा आबद्ध संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरत्सिंह भण्डारीबाहेकका नेताहरु दूतावास पुगेका थिए। यादव र भण्डारी राजधानी बाहिर भएका कारण दूतावास नभएको स्रोतले जनायो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 150

प्रतिक्रिया (०)