Aamsanchar

हुलाकी राजमार्गबारे भारतीय दूतावासमा छलफल

Author Image
शनिवार, मंसिर १८, २०७३

काठमाडौँ ।

भारतीय सहयोगमा निर्माणाधिन विकास आयोजनामध्ये हुलाकी राजमार्गको निर्माण प्रगति र समस्याका विषयमा आज भारतीय राजदूतावासमा मधेसकेन्द्रित दलसँग छलफल भएको छ ।

सङ्घीय सद्भावना पार्टीका अध्यक्ष अनील झाले हुलाकी सडक नबन्दा तराई मधेसका जनताले निकै कठिनाई भोग्नुपरेकाले यस आयोजनालाई कसरी छिटो सम्पन्न गर्न सकिन्छ भन्ने विषयमा भारतीय दूतावासमा आज छलफल भएको बताउनुभयो ।

नेपालका लागि भारतीय राजदूत रणजित रायले छलफलका क्रममा संविधान संशोधनका लागि सरकारले दर्ता गरेको संशोधन प्रस्तावलाई तपाईँले कसरी लिनुभएको छ र यसले तराईका मुद्दालाई सम्बोधन गर्छ की गर्दैन ? भनेर सोध्नु भएको अध्यक्ष झाले जानकारी दिनुभयो ।

जवाफमा अहिलेको अवस्थामा दर्ता भएको संशोधन स्पष्ट नभएकाले थप परिमार्जन गरेर अगाडि बढ्न सकिने आफूहरुले बताएको उहाँले जानकारी दिनुभयो ।

बैठकमा सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, मधेसी जनअधिकार फोरम (गणतान्त्रिक)का अध्यक्ष राजकिशोेर यादवलगायत नेताको उपस्थिती थियो । रासस
––––––

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 155

प्रतिक्रिया (०)