Aamsanchar

राष्ट्रपति भण्डारीद्वारा सर्वदलीय बैठकको आव्हान

Author Image
आइतवार, मंसिर १९, २०७३

काठमाडौं :

Bidhya-Devi-Bhandari

राष्ट्रपति विद्यादेवी भण्डारीले व्यवस्थापिका संसदमा प्रतिनिधित्व गर्ने दलसँग आइतबार छलफल गर्ने भएकी छन्।

दलहरुबीच दुरी बढ्न थालेपछि त्यसलाई कमगर्ने उद्देश्यले राष्ट्रपतिले दिउँसो ४ बजे व्यवस्थापिका संसदमा प्रतिनिधित्व गर्ने दलसँग छलफल आव्हान गरेकी हुन्।

सरकारले संविधान संशोधन प्रस्ताव दर्ता गरेपछि दलहरुबीच धु्रविकरण बढिरहेको छ।  दलहरुबीच सहमति नहुँदा संविधान कार्यान्वयनमा समस्या देखिएको छ।

संविधान संशोधन तथा कार्यान्वयन र स्थानीय तहको निर्वाचनका विषयमा छलफलका लागि राष्ट्रपति भण्डारीले सर्वदलीय बैठक बोलाएको राष्ट्रपति कार्यालयले जनाएको छ।

सरकारले गएको मंगलबार संविधान संशोधन प्रस्ताव दर्ता गरेपछि विभिन्न जिल्लामा आन्दोलन भइरहेको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 132

प्रतिक्रिया (०)

सम्बन्धित खबर