Aamsanchar

अष्ट्रेलियामा लन्च भयो ‘बिर्सन सक्दिन’

Author Image
आइतवार, मंसिर १९, २०७३

धराने युवा निश्चल कार्कीको म्युजीक भिडियो शुक्रबार अष्ट्रेलियमा रिलिज गरिएको छ ।लगानीका हिसाबले नेपालकै महङको म्युजीक भिडियोको अनुमान गरिएको ‘बिर्सन सक्दिन’ नामको म्युजीक भिडियोको गायक,म्युजीक भिडियोका मोडल र प्राबिधिकहरुले म्युजीक भिडियोको सयुक्तरुपमा लन्च गरेका हुन् । नेपाली म्युजिक भिडियो जगतमा ठूलो बजेट र उच्च स्तरीय प्रविधि प्रयोग गरेको यस म्युजिक भिडियोमा संसारकै महङ्गो मध्येको एउटा कार ‘ल्याम्बोर्गिनी’ को प्रयोग गरिएको गायक निर्देशक निश्चल कार्कीले जानकारी दिए । म्युजीक भिडियो खिच्न प्रविधिका हिसाबले समेत उच्च स्तरीय मानिएको फुल एचडी क्यामेरा प्रयोग गरिएको उनले बताए । यो क्यामेरा समेत भिडियोमा सम्भवतः पहिलो पटक प्रयोग गरिएको हुन सक्ने कार्कीको अनुमान छ । अष्ट्रेलियाका सिड्नी, क्रिमोर्न पोइन्ट, ल्यापरस बिच, हर्सभाइललगायत स्थानहरुमा छायाङ्कन गरिएको म्युजिक भिडियोमा निश्चल खडका, सन्तोष मल्ल ठकुरी, रोजी श्रेष्ठ, राजेश गन्धर्व र असिम श्रेष्ठले अभिनय गरेका छन् । म्युजिक भिडियोको छायांकन नमित चन्द ठकुरीले गरेका हुन् । कार्कीको बिर्षन सक्दिन बोलको गित युवाहरु माझ लोकप्रिय भएको थियो ।

15227869_2048449202047985_273997153_n

यसरी बन्यो म्युजीक भिडियो

कार्की म्युजिक भिडियोका निर्देशक तथा गीतका गायक, रचनाकार र संगीतकार समेत रहेका निश्चल कार्कीले सामाजिक सञ्जालमा म्युजिक भिडियोको निर्माण सम्बन्धी जानकारी दिए । उनले कसरी बनाउने योजना भयो भन्ने बारेमा आफ्नै शब्दमा यसरी भने, ‘मैले भिडियो बनाउन नेपालदेखि नै स्ट्रगल गरिराथेँ । तर पढाइ बिग्रन्छ भनेर घर परिवारको सपोर्ट भएन । तर मेरो ‘गर्छु’ भन्ने विश्वास हटेन र, केही सपनाहरु बोकेर अष्ट्रेलिया आएँ ।

यता पनि केही समस्याहरु त देखियो तर, एकदिन मेरो रुममेट दाइले मेरो आवाज सुन्नु भयो । आवाज मात्र हैन म उहाँसँग बिजनेस प्लानको पनि कुरा गर्थेँ । र, दाइले मलाई एकदिन भन्नु भयो, ‘भाइ तिम्रो जुन ‘एम’, ‘कन्फिडेन्ट लेभल’ र ‘ट्यालेन्ट छ’, मलाई धेरै मनपर्यो, हामी मिलेर म्युजिक भिडियो गरौँ, म ‘सपोर्ट’ गर्छु’ दाईले भन्नु भयो, ‘एक्टिङ त मलाई त्यस्तो आउँदैन तर, तिमी भएपछि मलाई अरु कुरा चाहिँदैन, तिमीले सिकाइहाल्छौ ।’ र, पछि मेरो अर्को भाइ राजेश भाइले पनि त्यही कुरा भन्यो र, हामी तीन जनाले काम गर्न लाग्यौँ ।

‘हामीले गरेपछि एकदम ‘युनिक’ गरौँ भाइ, आइडिया तिमीले बनाउ, लगानी हामी तीन जनाले गरौँला । तिमीले जे भन्छौ त्यही गरौँला, तिमीले जे भने पनि हामी खुसी छौँ, किनभने तिमीले राम्रो गर्छौ भन्ने हामीलाई विश्वास छ, अहिले जिन्दगीको कुरा छ, पैसा भन्ने कुरा पछि आइ हाल्छ ।’ दाइले भन्नुभयो ।

 

अनि यसरी महंगो बजेटमा काम गर्न लागियो । र, एक्टिङको कुनै अनुभव नभएका मान्छेहरुलाई भिडियोमा म आफैँले उतारेको छु । मैले नेपालकै म्युजिक भिडियोको बजारमा राम्रो गर्ने प्रयास गरेको छु । मलाई लाग्छ नेपाली स्रोतादर्शक पक्कै निराश हुँदैनन् ।

नेपालीले म्युजिक भिडियो मन पराइदिए भने त्यही ठूलो कुरा हुन्छ । त्यसैबाट मैले खर्च गरेको उठ्यो भन्ने ठान्नेछु । पैसा त बिस्तारै कमाइ हालिन्छ नि ।मेरो आत्मविश्वास हो यो, जे गर्यो निश्चलले आफैँ दुख गर्यो । सानैदेखि म्युजिक भिडियोमा केही गर्छु भन्थेँ तर यीे कुरा सुनेर हाँस्ने धेरै थिए । विश्वास गर्ने पनि कम थिएनन् । र, अन्त्यमा गरेर नै छाडेँ । र यसैबीचमा विश्वास गर्ने मान्छेहरुका बीचमा थिए सन्तोष मल्ल ठकुरी । जो आफैँ पनि अष्ट्रेलियामा ८ वर्ष बसिसकेका छन् ।

को हुन निश्चल कार्की

सानै उमेरमा म्युजिक र मिडिया बुझेका निश्चल कार्की (२३) अहिले अष्ट्रेलियामा सूचना प्रविधिमा स्नातक गरिरहेका छन् । कार्की गीतसंगीत सिर्जना गर्ने र मिडिया समेत सञ्चालन गरिरहेका छन् ।कार्की पूर्वको प्रतिष्ठित छापा माध्यम ब्लाष्ट टाइम्स दैनिकको अनलाइन संस्करणका रुपमा रहेको डब्लुडब्लुडब्लु डट ब्लाष्टखबर डटकमका प्रबन्ध निर्देशक समेत हुन्

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 247

प्रतिक्रिया (०)

सम्बन्धित खबर