Aamsanchar

‘राप्रपाको एकतामा विदेशीको हात छ,’ भनेपछि संसदमा तनाव

Author Image
आइतवार, मंसिर १९, २०७३

काठमाडौंः

Anuradha_Thapa_Magar-5843d25a2efd15.82791150

नेपाल मजदुर किसान पार्टीकी सांसद् अनुराधा थापामगरले राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको एकतामा विदेशीको हात रहेको आरोप लगाएपछि संसद्‍मा तनाव भएको छ ।

सांसद् थापामगरले दुई राप्रपाबीचको एकता विदेशीको इशारामा भएको आरोप लगाएपछि संसदमा तनाव भएको हो । थापामगरको यस्तो अभिव्यक्ति लगत्तै राप्रपाका सांसद् सुशील श्रेष्ठले नियमाआपत्ति जनाएपछि संसद्‍मा तनाव भएको हो ।

राप्रपाका संसद्‍ले थापाको अभिव्यक्तिप्रति आपत्ति जनाएपछि सभामुख ओनसरी घर्ती मगरले उक्त अभिव्यक्ति सम्पादन गर्न निर्देशन दिएकी छिन् । त्यसअघि सांसद् थापाले संविधान संशोधन प्रस्तावको विधेयक समेत विदेशीको इसारामा आएको भन्दै प्रस्तावको चर्को विरोध गरिन् । उनले सबै विदेशीलाई नागरिकता दिएर नेपाललाई सिक्किमीकरण गर्ने षडयन्त्रमा सरकार लागि परेको समेत आरोप लगाएकी छिन् ।

‘संविधान संशोधन प्रस्ताव विदेशीको दबाबमा आएकाले यो स्वीकार्य छैन्’, उनले भनिन्, ‘सबै विदेशी नागरिकलाई नेपाली नागरिकता दिएर नेपाललाई सिक्किमीकरण गर्ने षडयन्त्र भइराखेको छ, यो मान्य हुँदैन ।’

थापा बोलिसकेपछि प्रमुख प्रतिपक्षी दल एमालेका सबै सांसद् आ–आफ्नो कुर्सीबाट उठेर संसद् अवरुद्ध गरेका छन् । सरकारले संसद्मा दर्ता गरेको संविधान संशोधन विधेयकको नाममा एमाले सांसदले तीन दिनदेखि सांसद् अवरुद्ध गर्दै आएका छन् । सांसद्‍को अर्को बैठक बुधबार एक बजे बस्ने छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 156

प्रतिक्रिया (०)