Aamsanchar

भारतमा नेपाली रुपैंयामाथि दादागिरी एक हजारको दुई सय रुपैंया बट्टा !

Author Image
सोमवार, मंसिर २०, २०७३

[नरेन्द्र ढकाल]
झापा,nepali-paisa
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कात्तिक २३ गते राष्ट्रका नाममा सम्बोधन गर्दै ५ सय र १ हजारदरका भारतीय नोटमाथि प्रतिबन्ध लगाएपछि भारतीय सिमावर्ती बजारमा नेपालीहरु ठगीने क्रम बढ्दै गएको छ ।

भारतीय बजारहरु पानी ट्याङुकी, सिलिगुडी, नक्साल लगायतका बजारहरुमा एक हजार नेपाली रुपैंयाको दुई सय रुपैंया बट्टा काट्ने गरेको झापा विर्तामोडका विशाल शर्माले बताए ।  उनका अनुसार भारतीय रुपैंया ५ सय र हजारको दरको नोट नचले पछि नेपाली रुपैंया नै लग्दा भारतीय ब्यपारीहरुले आफु खुशी बट्टा काट्ने गरेका छन् । भारतीय नोटको प्रतिबन्धका कारण उपचार लगायत विभिन्न सामानहरु खरीद गर्न जाँदा नेपालीहरु ठगीने गरेको उनको भनाई छ ।
भारतमा नेपाली रुपैंया नचल्ने तथा नोटमा लगाएको प्रतिबन्धका कारण नेपालबाट भारत उपचारका लागी गएका विरामीहरु झैं समस्यामा पर्ने गरेको झापाको केरखाका रमेश राजवंशीले बताए । उनले भारतमा उपचार गर्न गर्न जाँदा नोटको अभावले आफु अत्यन्तै समस्यामा परेको जानकारी दिए । उनले भने– भारतमा नेपाली नोटमा भारतीयको दादागिरी छ, जति मन लाग्छ त्यत्ति नै बट्टा बाट्ने गरेका छन् । सरकारले यो विषयमा आवश्यक पहल नगर्ने हो भने धेरै नेपाली रुपैंया विदेशीने पक्का भएको उनको भनाई छ ।
यता इलाका प्रहरी कार्यालय कांकरभिट्टाका डीएसपी दुर्गाराज रेग्मीले नेपालीहरु ठगीएको हुन सक्ने बताएका छन् । उनले नेपालीहरुको परनिर्भताको फाइदा उठाउदै ठगी गरेको बताए । भारतीयहरुले खुले आम रुपमा गठी गरेपनि नेपाल सरकारले त्यसको ठोस विकल्प नदिदाँ नेपालीहरु समस्यामा पर्ने गरेको ब्यवसायीहरुको भनाई छ ।
यसैबीच भारतबाट आयत हुने सामानमा आधाभन्दा बढीले कमी आएको मेची भन्सार कार्यालय कांकरभिट्टाका प्रमुख भीमप्रसाद अधिकारीले जानकारी दिए । उनका अनुसार यही अवस्था रहेमा यो महिना लक्ष्य अनुसारको राजश्व संकलन गर्न नसकिने उनको भनाई छ । भन्सार कार्यालयले मंसीर महिनामा ५४ करोड रुपैंया राजश्व संकलन गर्ने लक्ष्य लिए पनि हाल सम्म २७ करोड मात्र राजश्व संकलन गरेको अधिकारीले बताए । उनका अनुुुसार भारतबाट आयत हुने सामानमा कमी आएकाले राजश्व संकलन प्रभावित भएको हो । चालु आर्थिक वर्षमा २ अर्ब ९६ करोड ९२ लाख ३९ हजार रुपैंया राजश्व संकलन गर्ने लक्ष्य लिएको मेची भन्सार हाल सम्म लक्ष्यको १७ दशमलव १९ प्रतिशत राजश्व संकलन गरेको छ ।
त्यस्तै नेपालबाट तर्फ निकासी हुने कृषि जन्य बस्तुमा कमी आएको उनले बताए । कृषिजन्य बस्तु निर्यातमा ठप्प भयो भनेर कसैले पनि भन्सार कार्यालयमा कसैले गुनासो नगरेको अधिकारीले जानकारी दिए । उनका अनुसार भारतले सामानको परिक्षण नगरि सामान आयत नगर्ने बताएकाले ब्यवसायीहरुलाई समस्या भएको हुन सक्ने उल्लेख गरे ।
भारु नोटले गर्दा भारतसंग प्रत्यक्ष सिमा जोडीएको झापामा ब्यपार ब्यवसायमा गम्भिर असर पारेको ब्यवसायीहरुको भनाई छ । उनीहरुले सरकारले ब्यवसायीको समस्या समाधान गर्न नेपालकै बैंक मार्फत भारतीय रुपैंया सटही गर्ने ब्यवस्था मिलाउनु पर्ने बताएका छन् । सरकारले पहल नगरेको भन्दै झापाका सर्वसाधारण तथा ब्यवसायीहरुले गुनासो गरेका छन् ।
यसैबीच पछिल्लो समय भारत तर्फ जाने सर्वसाधारणमा कमी आएको छ । दैनिक हजारौंको संख्यामा नेपालीहरु आवतजावत हुने गरेको पूर्वी नाका कांकरभिट्टामा अहिले आधाभन्दा कम मात्र सर्वसाधारण आवतजावत गर्ने गरेको इलाका प्रहरी कार्यालय कांकरभिट्टाका डीएसपी रेग्मीले जानकारी दिए । सरकारले भारतीय रुपैंयाको समस्या गर्न चासो नदिने हो भने ठूलो धनराशी बाहिरीने भन्दै ब्यवसायीहरुले चिन्ता ब्यक्त गरेका छन् ।

Views: 149

प्रतिक्रिया (०)

सम्बन्धित खबर