Aamsanchar

जुवाको खालबाटै होटल सङ्घका अध्यक्ष पक्राउ

Author Image
सोमवार, मंसिर २०, २०७३

झापा।

download

होटल व्यवसायी सङ्घ झापाका अध्यक्ष भोला उप्रेतीसहित प्रहरीले गएराति सात जनालाई जुवा खेली रहेको अवस्थामा पक्राउ गरेको छ ।

विर्तामोडस्थित सन्दिप होटलमा जुवाको खालबाटै उनीसहित एक सहकारी संस्थाका ऋण अधिकृत टङ्क भेटवाललाई पनि प्रहरीले पक्राउ गरेको इलाका प्रहरी कार्यालय विर्तामोडका प्रहरी नायब उपरीक्षक केशव थेवेले जानकारी दिनुभयो ।

उनीहरुको साथबाट नगद रु एक लाख ७५ हजार बरामद गरेको छ । झापामा लामो समयदेखि जुवा खेलाउँदै आएको विशेष सुराकीको आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका उनीहरुलाई इलाका प्रहरी कार्यालय विर्तामोडमा राखेर थप अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 122

प्रतिक्रिया (०)