काठमाडौं,

भारतीय राजदूत रन्जित रायले कुटनीतिक मर्यादा विपरीत काम गरेको भन्दै हेलो सरकारमा उजुरी परेको छ ।

शनिबार मोर्चाका नेताहरुलाई लन्च खान बोलाएर राजदूत रायले संविधान संशोधन प्रस्तावको समर्थन गर्न दबाब दिएका थिए ।

लगत्तै पत्रकार घमराज लुइँटेलले हेलो सरकारमा उजुरी गर्नुभएको हो । ‘नेपालको आन्तरिक मामलामा हस्तक्षेप गरी भाँडेकोले भारतीय राजदूत रायलाई देश निकाला गरियोस्’ उहाँको माग छ ।


राजदूतको बारेमा गुनासो गरेका लुइँटेललाई हेलो सरकारले जवाफ फर्काउँदै गुनासो परराष्ट्र मन्त्रालयमा पठाइएको जानकारी गराएको छ ।
Views: 161

