Aamsanchar

एसीसी यु-१९ एसिया कप क्रिकेटमा नेपाली टोलीको घोषणा

Author Image
सोमवार, मंसिर २०, २०७३

काठमाडौंः

sandeep_lamichhane-58454105e17007.39588848

श्रीलंकामा हुने एसीसी यु–१९ एसियका कप क्रिकेटका लागि नेपाली टोलीको घोषणा गरिएको छ। अर्काे साताबाट सुरु हुने एसिया कप क्रिकेटका सन्दिप लामिछानेको कप्तानीमा १५ सदस्यीय क्रिकेट टोलीको सोमबार घोषणा गरिएको हो।

लामिछानेको कप्तानीमा घोषणा गरिएको टोलीमा आदील खान, दीपेन्द्रसिंह ऐरी, सन्दिप सुनार, आफिस शेख, रबिन्द्रजंग शाही र पवन सर्राफ रहेका छन्। यसैगरी भिम सार्की, अनिलकुमार शाह, सुवर्णकर उराह, कमलसिंह ऐरी, नन्दन यादव, प्रकाश केसी, अभिनास कर्ण र रोहितकुमार पौडेल छन्।

यसैगरी छनोट समितिले चार बैकल्पिक खेलाडीको नामसमेत सार्वजनिक गरेको छ। बैकल्पिक खेलाडीमा साहव आलम, किशोर महतो, बिक्रम भुसाल र सुसान्त थापा रहेका छन्। खेलाडीको छनोट अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसिसी) को एसिया क्षेत्र हेर्ने बिकाश निर्देशक बेन्कटपथि राजुको नेतृत्वमा रहेको प्रशिक्षकद्वय जगत टमाटा र बिनोद दाससहितको तीन सदस्यीय समितिले गरेको हो।

प्रतियोगितामा नेपाल टेस्ट मान्यता प्राप्त भारत र श्रीलंकाको युवा टोलीसमेत रहेको समुह ‘ए’ मा परेको छ । नेपालले मंसिर ३० गते श्रीलंकासँग खेलेर प्रतियोगितामा आफ्नो यात्रा सुरु गर्नेछ। यसैगरी पुस १ गते भारत र पुस ३ गते मलेसियासँग खेल्नेछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 148

प्रतिक्रिया (०)

सम्बन्धित खबर