Aamsanchar

अधिकांश डेन्टल अस्पताल मापदण्ड विपरीत

Author Image
मङ्गलवार, मंसिर २१, २०७३

झापा।dental-tourism

नियमकारी निकायले प्रभावकारी अनुगमन नगर्दा झापाका आधा बढी डेन्टल अस्पताल तथा क्लिनिकहरु मापदण्ड विपरीत सञ्चालन हँुदै आएका छन् ।
जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार जिल्लामा अनुमति लिएर हालसम्म २१ वटा डेण्टल हस्पिटल तथा क्लिनिकहरु सञ्चालनमा रहेका छन् । जसमध्ये दमकमा ८ डेन्टल क्लिनक दर्ता भएका छन्। तर, दमकमा मात्र अवैधानिक रुपमा दुई दर्जन बढी डेन्टल सञ्चालन भई रहेको स्थानीयले बताएका छन्।
दर्ता भएका धेरै त्यस्ता स्वास्थ्य संस्थाहरु पनि नियमानुसार चलेका छैनन्। कार्यालयले गत वर्ष गरेको अनुगमनका क्रममा प्रक्रिया पुरा नगरेका ४ वटा डेण्टल अस्पतालहरुको सञ्चालन दर्ता अनुमति पत्र खारेज गरेको थियो।

मापदण्ड पूरा नगरी सञ्चालनमा आएका मानव डेण्टल हस्पिटल दमक, सहारा डेण्टल हस्पिटल दमक, श्रीमानव डेण्टल हस्पिटल विर्तामोड र प्रोपब्लिक डेण्टल हस्पिटल बिर्तामोडको अस्पताल सञ्चालन अनुमति खारेज गरिएको कार्यालयले जनाएको छ। पछिल्ला समय यी चारवटा अस्पतालहरु क्लिनिकका रुपमा दर्ताप्रक्रियामा रहेको जिल्ला जनस्वास्थ्य कार्यालय झापाका निमित्त प्रमुख देबराज कार्कीले बताए।

उनले भने,’जनशक्ति अभावले पछिल्ला दिनमा अनुगमन गर्न सकिएको छैन, त्यसैले नियमविपरित सञ्चालन हुने डेन्टल धेरै छ अब तत्काल अनुगमन गरि कारवाही अघि बढाउछौँ।’ यस्ता स्वास्थ्य सेवा प्रदायकहरुको नियमनकारी निकायले समय समय गर्नुपर्ने अनुगम प्रभाबकारी हुन नसक्दा आफुखुशी ढंगले सेवा सञ्चालन गरिरहेका छन्।

यस्तो छ स्वास्थ संस्था सञ्चालनको निर्दे्शिका पुरानो निर्दे्शिकालाई संशोधन गर्दै स्वास्थ्य संस्था सञ्चालन तथा स्तरउन्नति मापदण्ड सम्बन्धी निर्दे्शिका २०७० लागू भइसकेको छ। नयाँ निर्दे्शिकाले हाल सञ्चालनरत डेण्टल क्लिनिक तथा अस्पतालहरुको छुट्टै व्यवस्था गरेको भएपनि कार्यान्वयन अबधि पाँच वर्षको तोकिदिएको छ।

नयाँ निर्दे्शिका अनुसार २०७० माघदेखि तीन वर्ष भित्रमा भौतिक संरचनाको तयारी र त्यसपछिको दुई वर्षमा सम्पुर्ण पूर्वाधारहरु तयार गरिसक्नु पर्नेछ। पछिल्लो निर्दे्शिकाले २५ बेड सम्मको डेण्टल अस्पातल सञ्चालनका लागि जिल्ला जनस्वाथ्य कार्यालयलाई निहित रहेको कार्कीले बताए। उनले त्यसभन्दा माथिका ५० बेडसम्मका लागि क्षेत्र र २५ बेडभन्दा माथिको भए विभागबाट नै अनुमति लिनु पर्ने बताए। सरकारले यस्ता अस्पताल तथा क्लिनिकहरु मापदण्ड अनुरुप सञ्चालन भए(नभएको हेर्ने सम्पूर्ण जिम्मेवारी सम्बन्धित जिल्लालाई नै दिएको छ।

कार्यालयमा सम्बन्धित विषयका विशेषज्ञ डाक्टरहरुको अभाव रहेकाले मेची अञ्चल अस्पतालका डाक्टरहरुबाट सहयोग लिएर अनुगमन हुने गरेको जिल्ला जनस्वास्थ्य कार्यालय झापाले जनाएको छ। अस्पताल तथा क्लिनिकहरुले सम्बन्धित विषयभन्दा बाहिरका सहयोगीहरु राखेर उनीहरुकै भरमा क्लिनिक तथा अस्पतालहरु संचालन गर्ने गरेको पाईन्छ।

Views: 191

प्रतिक्रिया (०)

सम्बन्धित खबर