काठमाडौं,
मोबाइल चोरी गर्ने १८ वर्षे एक युवक जेल चलान भएका छन् । ललितपुरको विभिन्न स्थान तथा व्यक्तिको घर,कोठाबाट मोबाइल चोरी गर्ने ललितपुरकाे लुभु शंखादेवीका सुमन आचार्य जेल चलान भएका हुन् ।
उनलाई विभिन्न कम्पनीका १० वटा चोरीका मोबाइलसहित महानगरीय प्रहरी परिसर ललितपुरले पक्राउ गरेको थियो ।
पक्राउ परेका आचार्यलाई जिल्ला अदालत ललितपुरको आदेश अनुसार ७९ हजार रुपैयाँ जरिवान र तीन वर्ष १० महिना कैदको फैसला सुनाइएपछि उनी जेल चलान भएका हुन् ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 127