Aamsanchar

फोटोमा हेर्नुस्, तमिलनाडुकी ‘अम्मा’ जयललिताको जीवनी

Author Image
मङ्गलवार, मंसिर २१, २०७३

एजेन्सी । 

jayalalitha-ends_grS3DV2Lh2

सोमबार राति निधन भएकी मुख्यमन्त्री जे जयललिता भारत तामिलनाडुमा अम्माका नामले चर्चित छिन्।

उनी तामिलनाडुमा २५ वर्षसम्म मुख्यमन्त्री बनिन्।  जयललिताको जन्म सन् १९४८ फ्रेबुअरी २४ मा मांडया जिल्लामा मेलुरकोट गाउँमा भएको थियो। जयललिताको नाम राजनीतिसँगै फिल्म क्षेत्रमा पनि उत्तिकै छ।

जयललिताकी आमा फिल्ममा अभिनय गर्ने हुनाले उनले १३ वर्षकै उमेरमा उनले पनि फिल्ममा प्रवेश पाएकी थिइन्। उनले फिल्म क्षेत्रमा काम गर्ने क्रममा दक्षिण भारतका सुपरस्टारहरु मसलन, शिवाजी गणेशन, जयशंकर, राज कुमार, एमजी रामचन्द्रन, एनटीआरलगायतसँग काम गरिन्। ३५ वर्षको उमेरमा उनी राजनीतिमा आइन्।

जब अभिनेता एमजी रामचन्द्रन राजनीतिमा आए, तब एमजीले जयललितालाई पनि राजनीतिमा ल्याए। सन् १९८२ मा उनले अन्ना द्रमुकको सदस्यता लिइन् र सन् १९८३ मा पार्टीको प्रचार विभाग प्रमुख बनिन् र विधायक बन्न सफल भइन्।

सन् १९९१ मा राजीव गान्धीको हत्यापछि भएको निर्वाचनमा जयललिताले कांग्रेससँग चुनावी सम्झौता गरे र २ सय ३४ मध्ये २ सय २५ सिटमा जित हासिल गरिन् र मुख्यमन्त्री बन्न सफल भइन्।

४ पटकसम्म मुख्यमन्त्री बनेकी उनको मंगलबार साँझ साढे ४ बजे अन्तिम संस्कार गरिने भएको छ। उनै जयललिताको जीवनी हेर्नुस् फोटोमा :jayalalitha-Child_fY1hr5tgSFjayalalitha-3_IHjMBYpLF6jayalalitha-20_ScTV7NUTs7

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 124

प्रतिक्रिया (०)

सम्बन्धित खबर