Aamsanchar

‘झापा, मोरङ र सुनसरी तथा कैलाली–कन्चनपुर टुक्र्याउने खेल’

Author Image
मङ्गलवार, मंसिर २१, २०७३

सोलुखुम्बु ।subash

नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले कुनैपनि हालतमा प्रदेश नम्बर–५ नटुक्रने बताएका छन् ।

संविधान कार्यान्वयनका लागि चारमहिने जनपरिचालन अभियानको मंगलबार सोलुखुम्बुमा उद्घाटन गर्दै नेता नेम्वाङले अहिले प्रदेश नम्बर–५ बाट मधेस अलग गराउने विधेयक आएको र पछि प्रदेश–१ बाट झापा, मोरङ र सुनसरी तथा पश्चिममा कैलाली–कन्चनपुर टुक्र्याउने र अन्त्यमा तराई र पहाड पूरै अलग गराएर नेपालको समृद्धिमा ठेस पुर्‍याउने खेल भइरहेको विचार व्यक्त गरे ।

मधेसकेन्द्रित दलको मागमा त्यहाँका नागरिकको सहमति नभइ सीमित स्वार्थी नेताकोमात्र भएको बताउँदै पूर्वसभामुख नेम्वाङले यसमा नेपाली कांग्रेस तथा नेकपा माओवादी केन्द्र पनि लागिपरेको देख्दा आफूलाई अचम्म लागेको बताए ।

उनले भने–‘अहिले नयाँ संविधान कार्यान्वयनको विकल्प छैन ।’

नेता नेम्वाङले तराई–मधेस, पहाड र हिमाल सबै मिलाएर नेपाललाई समुन्नत दिशामा अघि बढाउने काम एमालेको नेतृत्वमामात्रै सम्भव हुने जिकिर गरे

Views: 262

प्रतिक्रिया (०)

सम्बन्धित खबर