Aamsanchar

जिशिअको कडाइपछि शिक्षकको राजीनामा

Author Image
मङ्गलवार, मंसिर २१, २०७३

खोटाङ।Teacher-150x120

जिल्ला शिक्षा कार्यालय खोटाङले शिक्षालाई राजनीतिरहित बनाउने अभियान थालेपछि जिल्लामा राजनीति गर्ने शिक्षकको राजीनामा आउन थालेका छन् ।

कतिपय शिक्षकले विद्यालयलाई भन्दा राजनीतिक गतिविधिलाई प्राथमिकता दिँदा शिक्षाको गुणस्तर खस्किएको निष्कर्षसहित जिल्ला शिक्षा कार्यालयले शिक्षकलाई राजनीतिबाट टाढा राख्ने सर्वदलीय निर्णय गराएपछि राजनीतिमा लागेका शिक्षकको राजीनामा आउन थालेको हो ।

काँग्रेसका जिल्ला सदस्यका रुपमा रहेका राष्ट्रिय प्रजातन्त्र आधारभूत विद्यालय ऐँसेलुखर्क–८ दिम्मापातेलका शिक्षक जीवनाथ दाहालले शिक्षण पेसाबाट राजीनामा दिएका छन् । उनको राजीनामा पुस १ गतेबाट लागू हुनेगरी शिक्षा कार्यालयले स्वीकृत गरेको छ । शिक्षक र राजनीतिक नेतृत्वको दोहोरो भूमिकामा नदेखिनका लागि आफूले राजीनामा दिएको शिक्षक दाहालले बताउनुभयो । उहाँ २८ वर्षदेखि शिक्षण पेसामा आबद्ध हुनुहुन्थ्यो ।

जिल्ला शिक्षा कार्यालयले कात्तिक ३० गतेको सर्वदलीय बैठकबाट शिक्षकलाई राजनीतिबाट टाढा राख्नका लागि जिल्लास्थित सबै दलका नेतालाई प्रतिबद्धता गराएका थिए । यस बिषयमा सबै दलको समर्थन पाउनुभएका जिशिअ ज्ञानमणि नेपाल अहिले यसलाई अभियानका रुपमा अगाडी बढाएको छ । अहिलेसम्म प्रत्यक्ष रुपमा राजनीतिमा लागेका एक दर्जन बढी शिक्षकलाई सचेत गराइएको जिशिअ नेपालले बताउनुभयो ।

अभियानकै क्रममा विद्यार्थी सङ्ख्या बढी देखाएर सेवासुविधा लिने निर्मलीडाँडास्थित पेलुङ प्राविका शिक्षक कृष्णबहादुर केसीलेसमेत राजीनामा दिइसक्नुभएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।

Views: 113

प्रतिक्रिया (०)

सम्बन्धित खबर