काठमाडौं।
नेपाल आँखा अस्पतालले आँखाको पुरानो शल्यक्रियाकक्ष जीर्णोद्धार गरी अत्याधुनिक शल्यक्रियाकक्ष निर्माण गरेको छ ।
‘अपरेसन आइसाइट युनिभर्सल’ क्यानडाको सहयोगमा निर्माण भएको अत्याधुनिक शल्यक्रियाकक्षको मंगलबार उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरे ।
शल्यक्रियाकक्ष विश्व स्वास्थ्य संगठनको मापदन्डअनुसार निर्माण भएको अस्पतालले जनाएको छ ।
शल्यक्रियाकक्षको अवलोकन गर्दै उपराष्ट्रपति पुनले आँखाको उपचारको अभावमा कोहि पनि नेपाली दृष्टिविहीन हुनुपर्ने वातावरण हटाउनु सबै लाग्नुपर्ने बताए ।
आँखाकोे उपचार नपाएर बाहिरी देश जाने प्रचलनको अन्त्य गर्न नेपालमा पनि आँखाको सम्पूण उपचार गर्न सकिन्छ भन्ने जानकारी गराउन अत्याधुनिक आँखाको शल्यक्रियाकक्ष निर्माण गरेको अस्पतालका अध्यक्ष वीएन शाहले बताए ।
नेपालमा हाल दुई लाख मानिस दृष्टिविहीन रहेको आँखा अस्पतालले जनाएको छ ।