Aamsanchar

करिब ६ करोडको लागतमा पुल बन्ने

Author Image
बुधवार, मंसिर २२, २०७३

पथरी ।

jholunge_pule

विराटनगर उपमहानगरपालिका र बैजनाथपुर गाविस जोड्ने गरी सिङ्घिया खोलामा निर्माण गरिन लागेको पक्की पुलको मङ्गलबार शिलान्यास गरिएको छ ।

पूर्वअर्थमन्त्री तथा सांसद महेश आचार्यले पुलको शिलान्यास गर्नुभएको हो । पुल निर्माण भएपछि बैजनाथपुर, झोराहाट, खुनियाकटाका बासिन्दाले सुविधा पाउने र सवारी आवतजावतमा समेत सहज हुने बताइएको छ ।

रु पाँच करोड ७९ लाख ७५ हजारको लागतमा कार्कीबन्धु जेभीले सो पुल निर्माण गर्ने ठेक्का पाएको छ । विसं २०७५ वैशाख ३० गतेभित्र निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता गरिएको छ । यसभन्दा अगाडि उक्त स्थानमा रहेको जीर्ण काठेपुल हटाएर पक्कीपुल बनाउन लागिएको हो ।

कार्यक्रममा सांसद भुटनीदेवी खवास, नेपाली काँग्रेस क्षेत्र नं ६ का सभापति विनोद बस्नेत, विराटनगर नगर सभापति भीम पराजुली, महासमिति सदस्य विश्वनाथ रिजाल, तरुणदलका सभापति प्रभाकर थापालगायतको सहभागिता थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 119

प्रतिक्रिया (०)

सम्बन्धित खबर
आज सप्तमी श्राद्ध
सोमवार, असोज ७, २०८१