Aamsanchar

अवैध गर्भ फाल्न पाँच लाखको ‘बार्गेनिङ’पछि हत्या

Author Image
बुधवार, मंसिर २२, २०७३

काठमाडौं:hatya

बालकुमारीस्थित हेरिटेज फेसन गार्मेन्टमा सोभिता खड्का र राजु महमद सँगै काम गर्थे । काम गर्दागर्दै उनीहरुको सम्बन्ध प्रगाढ बन्दै गयो। सम्बन्धमा प्रेमको मात्रा बढ्दै गएपछि उनीहरु कामले मात्र होइन मनले पनि नजिकिए । सँगसँगै विभिन्न ठाउँमा घुमघाम गरे । पति विदेश भएकी सोभिता नजिकिदै गएपछि राजुले पनि उनलाई माया गरेको बहाना बनाइरहे ।

दैनिकी चल्दै थियो । सोभिता श्रीमान्सँग बिताउने समय राजुसँग बिताउदै थिइन् । तर, गत असोज ५ गते राति सोभिता बालकुमारीमा रहेको आफ्नो डेरामा फर्किइनन् । आफ्नी दिदी डेरामा नफर्किएपछि सोभिताका भाइ विपिनले प्रहरीमा खबर गरे ।

खबर पाएलगत्तै प्रहरीले सोभिताको खोजतलासलाई तिव्रता दियो । तर, प्रहरीको प्रयास झण्डै दुई महिनासम्म निरासाजनक रहयो । घाँसकाट्न बालकुमारीस्थित गुई पोखरीमा गएका महिलाले मंसिर १३ गते शव देखेपछि महानगरीय प्रहरी वृत्त ललितपुरमा खबर गरे ।

प्रहरीले महिलाको शव पोष्टमार्टमका लागि महाराजगंजस्थित त्रिभुवन शिक्षण अस्पताल पठायो । महिलाको शव भेटिएपछि प्रहरीले सोभिताका आफन्तलाई बोलायो । अन्तत प्रहरीको अनुमान सही सावित भयो त्यो शव सोभिताको भएको पुष्टि भयो ।

सोभिताको शव भेटिएपछि प्रहरीले हत्याको प्रकृति अनुसार अनुसन्धान सुरु गर्यो । उनको हत्या घाँटीमा धारिलो हतियारले धिचेर भएको पोष्टमार्टमको रिर्पोटमा देखाएको थियो ।

प्रहरीले अनुसन्धानको सुरुवात सोभिता काम गर्ने कारखानाका कर्मचारी र अन्य स्थानीयबाट सुरु गर्यो । कारखानामा सोधपुछ गर्दा उनको अर्कै युवकसँग अनैतिक सम्बन्ध रहेको रहस्य खुल्यो । यो रहस्य थाहापाएपछि प्रहरीले घटनालाई त्यही बाटोबाट अनुसन्धान गर्न थाल्यो ।

प्रहरीले सोभिताको फोनको कलडिटेल केलाउँदा थाल्यो । जहाँबाट राजुसँग निरन्तरसम्पर्कमा रहेको देखिएपछि प्रहरी अनुसन्धान राजु केन्द्रित भयो । कलडिटेलकै आधारमा सोमबार राजु पक्राउ परे । प्रहरी सँगको बयानमा राजुले हत्याको कारण बताएका छन् । हत्याको कारण अनैतिक सम्बन्ध मात्र नभएर असुरक्षित यौनसम्पर्कबाट रहेको गर्भ भएको समेत तथ्य सार्वजनिक भएको छ ।

राजुले प्रहरीसँगको बयानमा आफू र सोभिताबीच अवैध सम्बन्ध पश्चात उनी गर्भवती बनेपछि तनावमा आएको स्वीकार गरेका छन् । राजुले सोभितालाई गर्भपतनका विभिन्न औषधि समेत खुवाएका थिए । औषधिले पनि गर्भपतन नभएको भन्दै राजु र सोभिता दुवै तनावमा रहेछन् ।

सोही बेला सोभिताले औषधि खाएपछि पनि गर्भपतन नभएको ठानेर राजुलाई पाँच लाख रुपैंया नदिए पति विदेशबाट फर्किएपछि सबै बताइदिने धम्की दिइन् । सोभिताले धम्की दिएपछि राजु पैसा जुटाउने तनावमा केही समय भौतारिए । तर, पैसा जुटाउन नसकेपछि राजुले योजना अनुसार नै सोभिताको हत्या गरेको प्रहरीसँगको बयानबाट खुलाएका हुन् ।

राजुको बयान उदृत गर्दै परिसरका प्रमुख एसएसपी पिताम्बर अधिकारीले भने,‘पैसा जुटाउन दबाबदिंदै आएकी सोभिताले गुई पोखरीमा राजुलाई थप्पड हिर्काएको रिसमा राजुले बालकुमारीबाट खरिद गरेर लगेको चक्कुले धार नभएको बोदो भागले घाँटी थिचेर मारेको तथ्य खुलेको छ ।’ अन्नपूर्णबाट

Views: 150

प्रतिक्रिया (०)

सम्बन्धित खबर