Aamsanchar

चर्चाको शिखरमा युवा गायक, संगितकार तथा गीतकार राजनराज

Author Image
बुधवार, मंसिर २२, २०७३

[भरत शिवाकोटी]
समाचारदाता
युएई

15226449_1039462232846500_430499392_n

नेपाली गीत संगितको क्षेत्रमा नयाँ उचाइ प्राप्त गर्न सफल भएका चर्चित युवा गायक संगितकार तथा गीतकार को नाम हो राजनराज शिवाकोटी । दोलखा जिल्लाको सुस्पाक्षमावती गाविस वार्ड न. -१ मा जन्मनु भएका वाल्यावस्था देखी नै जुनसुकै बिषयमा कौतुहल हुने र केही फरक गर्न खोज्ने राजनले ३ कक्षामा हुँदा आफ्नो दाजुले लेखिदिएको गीत गाएर यस क्षेत्रमा नजानिदो गरी प्रवेश गरेका थिए ।

२०५६ मा कलेजको अध्ययन पश्चात वि सं. २०५९ सालमा आफ्नै शब्द, संगित र आवाजमा ‘माँयालु आउने जाने वाटोमा’ वोलको गीत रेकर्ड गरेर नेपाली संगित क्षेत्रमा विधिवत रुपमा प्रवेश गरेका राजनराजका राष्टिय भावनाका गीतहरु देखी लिएर, पप, चलचित्र, आधुनिक, लोक, आदी लगायत झन्डै ६०० भन्दा वढि गीतहरु र दुई दर्जन वढी एल्वमहरु आज वजारमा छ्याछ्याप्ती र लोकप्रिय भएका छन ।

संगितमा विविधतासगैँ हरेक गीतमा नयाँ प्रयोग र गाउँका शब्दहरु टप्पक्कै टिपेर संयोजन गर्न सक्ने खुबी भएका राजनराजले आफ्ना सृजनामा अधिकतम मौलिकता दिन रुचाउँछन । २०६२ सालमा आफ्नै शब्द तथा संगित र स्वरमा सम्धी ज्यु सम्धी ज्यु वार्ता मिलाइदेउ, बोलको गीत मार्फत नेपाली गीत संगित क्षेत्रमा राजनको चर्चा बढदै गयो जुन गीतले देशको तत्कालिन समस्यालाई वार्तामार्फत समाधान गर्नुको विकल्प छैन र यो नै उत्तम विकल्प हो भन्ने आशय भारी गरी बोकेको थियो ।

राजनका सम्धी ज्यु सम्धी ज्यु वार्ता मिलाइदेउ,तिम्रो मौनता,जीन्दगि यो फुलै फुलको थुङ्गो हुदैन, प्रिय तिम्रो सिउदोमा, डाँफे झैँ नाच्ने,म माया गर्छु,अलिकति पिडा हुदा नी,दिप बनोस,झम्के फुली,मलाइ भोलि केहि भए आदी धेरै गीतहरु दर्शक र श्रोतामाझ लोकप्रिय भएका छन ।

संगीत क्षेत्रका सफल व्याक्तित्व राजनराज हालसम्म डी सिने अवार्ड,इमेज अवार्ड,कालिका अवार्ड,यङ माइन्ड अवार्ड,सिजी अवार्ड,फान अवार्ड लगायतका अवार्डहरु तथा अन्य विभिन्न पुरस्कारहरु द्वारा सम्मानित भएका छन । सम्पूर्ण देश तथा विदेशमा रहेका स्रोता तथा दर्शकहरुको अपार माया नै आफ्नो सृजनशिलताको उर्जा बताउनु हुने राजनराज संगित बिनाको जीवन कल्पना गर्न नसकिने बताउनुहुन्छ ।

निरन्तर यहि विधामा साधना गरिरहेका निक्कै व्यस्त सर्जकको पछील्लो समयमा प्रदर्शन भएको सफल नेपाली चलचित्र वडा नं. ६ मा समावेश भएको आफ्नै संगित तथा शब्दमा राजन,अन्जु पन्त र राजु विश्वकर्म द्वारा स्वरबद्द सुर्के थैली खै; बोलको गीतले छोटो समयमा नै सवैको मन जित्न मात्र सफल भएन नेपाली गीत संगितको क्षेत्रमा एउटा ईतिहास नै रच्यो र आज यो गीत युटयुव मार्फत हेर्नेको संख्या मात्र एक करोड एकत्तिस लाख नाघिसकेको छ । उक्त गीतको सन्दर्भमा गायक शिवाकोटीले भन्नुभयो:- अब सुर्के थैली केवल राजनराजको मात्र नभै यो करोड माथि नेपालीको माया र ममताको ढुकढुकी भएको छ । श्रोता तथा दर्शकबाट व्यक्त मायाले थप हौसला प्रदान गरेको छ र यो मायालाई कायम राख्न आफ्नो क्षेत्रबाट सदैव संगित साधनामा लागिरहन झनै प्रेरणा मिलेको छ ।

त्यसो त यसपछी चलचित्र छक्का पन्जा मा समावेश भएको राजनको आफ्नै संगित तथा शब्दमा राजन र अन्जु पन्तको स्वरमा सजिएको गीत पुर्व पशिचम रेल,ले पनि चर्चाको शिखर चुम्न सफल नै भएको छ,जुन गीतलाई युटयूव मार्फत हेर्ने दर्शकको संख्या केहि दिनमै एक करोड पुग्दैछ भने हालसम्म सो गीत हेर्नेको संख्या अठहत्तर लाख नाघिसकेको छ । चलचित्र छक्का पन्जा देशैभरी सफलताका साथ नयाँ रेकर्ड राख्दै प्रदर्शन भैरहेको छ । युवा गायक, संगितकार तथा गीतकार राजनराजलाई लोकप्रिय आमसंचार अनलाइनको तर्फबाट सफल सांगीतिक उज्वलताको हार्दिक शुभकामना !

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 212

प्रतिक्रिया (०)

सम्बन्धित खबर