मोरङ ।
मोरङको बिराटनगर उपमहानगरपालिका २१ बाट मंगलबार लागूऔषधसहित दुई जना पक्राउ परेका छन।
पक्राउ पर्नेमा धनकुटा नगरपालिका ६ बस्ने कुशल कार्की र सोही ठाउँका रमेश कटवाल छन। उनीहरुलाई मंगलार बिहान लागूऔषध नियन्त्रण ईकाईको टोलीले लागूऔषध नाइट्रोसन ट्याब्लेट ८० थानसहित बिराटनगर भन्सार कार्यालयको १ नम्बर ढाट नजिकबाट पक्राउ गरेका हो।
पक्राउ परेका दुबै जनालाई अनुसन्धानकालागी इलाका प्रहरी कार्यालय रानीमा राखिएको छ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 127