Aamsanchar

मन्दिर जिर्णोद्वारका लागि पुराण

Author Image
बुधवार, मंसिर २२, २०७३

झापा।

185749_10150406768985375_215886190374_17249755_404555_n

झापाको गौरीगञ्ज बजारमा रहेको दुर्गा मन्दिरको भौतिक पूर्वाधार निर्माणमा सहयोगार्थ सप्ताह ज्ञान महायज्ञ लगाइने भएको छ ।
झापाको पुरानो बजारमध्येको एक गौरिगञ्ज बजार स्थापनासँगै विंसं. १९९० सालमा स्थापना भएको सो दुर्गा मन्दिर अहिले जिर्ण अवस्थामा रहेको छ ।

मन्दिरको जिर्णोद्वार गर्न सप्ताहव्यापी पुराण लगाउन लागिएको मन्दिरका पूर्व व्यवस्थापन समिति अध्यक्ष देवीप्रसाद राजवंशीले बताए । पुराणबारे मंगलबार मन्दिर प्राङगणमा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिइयो । पत्रकार सम्मेलनमा पुराण मूल आयोजक समितिका संयोजक विश्वराज रिजालले भोलि मंसीर २३ देखि पुष १ गतेसम्म श्रीमद देवीभागवत महापुराण धन–धान्याचल नवाह ज्ञान महायज्ञ आयोजना गर्न लागेको जानकारी दिए ।

पुराणबाट करिब २ करोड रुपैयाँ बराबरको सहयोग संकलन गर्ने लक्ष्य राखिएको रिजालले बताए । विंसं. १९९० मा तत्कालिन जिम्दार टीकालाल ताजपुरियाले आफ्नो जमिनमा स्थापना गरेको सो मन्दिरको अहिलेकै संरचनामा संरक्षित राख्न पुरातात्विक विभागसँग सहकार्य गरि थप जिर्णोद्वारको कार्य गर्ने संयोजक रिजालले बताए ।

पुराणबाट संकलन भएको रकमले पुराणको घेराबारा, रंगरोगन, स्थायी रुपमा मुर्ति स्थापनालगायतका कार्यहरु गर्ने उनले बताए । पुराणमा पण्डित आचार्य आशुतोष खनालले कथा बाचन गर्नेछन् । पत्रकार सम्मेलनमा गौरीगञ्ज बजार र दुर्गा मन्दिरको स्थापनाकाबारेमा देवीप्रसाद राजवंशी, घनश्याम रिजाल, गंगाराम ताजपुरिया, कल्याण प्रसाद कोइराला, उदयलाल यादवलगायतले बोलेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 153

प्रतिक्रिया (०)

सम्बन्धित खबर