Aamsanchar

आजको राशिफल २०७३ मंसिर २३ गते बिहिबार

Author Image
बिहिवार, मंसिर २३, २०७३
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
Ariesपछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। खर्च लागे पनि रोकिएका काम बन्नेछन्। चुनौतीका बाबजुद स्वाभिमान रक्षा गर्न सकिनेछ। लामो यात्रा गर्ने अवसर जुट्नुका साथै वैदेशिक क्षेत्र लाभदायक रहनेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ। तत्काल फाइदा लिँदा भविष्यमा सोचेजति फाइदा नहुन सक्छ। (नेपाली पात्रो)
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
Taurusविभिन्न भौतिक साधनहरू जुट्नेछन्। दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। आयआर्जनका स्रोत बढ्नेछन् र व्यापारमा पनि राम्रै लाभ हुनेछ। ऋणमोचन हुनेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन्। दिगो काममा लगानी बढाउन सकिनेछ। गरिएका कामको उचित मूल्यांकन हुनाले प्रसन्नता मिल्नेछ। पछिका लागि गरिएको लगानीले फाइदा दिनेछ। (नेपाली पात्रो)
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
Geminiठूलो भागको आशा राख्दा अवसर गुमाउनुपर्ने स्थिति आउन सक्छ। नयाँ काममा हात हाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। अवसरवादीहरूले फसाउन सक्छन्। तापनि, मेहनतले उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ। काम पूरा नभए पनि आंशिक फाइदा हुनेछ। भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ। (नेपाली पात्रो)
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
Cancerअरूका लागि जुट्नुपरे पनि आफैंलाई फाइदा हुनेछ। समाजमा तारिफयोग्य काम सम्पादन हुनेछ। मेहनतले राम्रै उपलब्धि दिलाउनेछ। रोकिएका काम समेत सम्पादन हुनेछन्। कर्मयोगले विशेष जिम्मेवारी दिलाउन सक्छ। सानो प्रयत्नले धेरैको भलाइ हुने काम शुभारम्भ हुन सक्छ। तर मेहनतको केही प्रतिफल अरूको हातमा पुग्न सक्छ, सजग रहनुहोला। (नेपाली पात्रो)
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
Leoकाम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति रहनेछ। आँटेका काममा बाधा उत्पन्न हुन सक्छ। पहिलेका समस्या दोहोरिनाले उत्साहमा कमी आउला। स्वास्थ्यमा कमजोरी देखापर्नुका साथै उपचारमा खर्च हुने योग छ। महत्वपूर्ण समय घरेलु समस्यामै अल्झनुपर्ला। हुलमुलमा धनमाल हराउन सक्छ, सचेत रहनुहोला। (नेपाली पात्रो)
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
Virgoदिन मनोरञ्जनपूर्ण रहनेछ। आतिथ्यपूर्ण सम्मानका साथ मित्रताको बन्धन कसिलो हुनेछ। व्यवसायका लागि यात्रा हुनेछ। सोख पूरा हुनुका साथै प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनेछ। नयाँ ज्ञानले अध्ययनमा उत्साह जगाउनेछ। सुमधुर प्रेम वा दाम्पत्यले प्रफुल्लित भइनेछ। आम्दानी प्रशस्तै बढ्नेछ भने विभिन्न भौतिक साधन प्राप्तिको योग छ। (नेपाली पात्रो)
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
Libraआलस्य गर्ने बानीले समस्या निम्त्याए पनि मेहनतीहरूका लागि समय उत्साहजनक रहनेछ। भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम सुरु हुन सक्छ। लामो यात्राको प्रक्रिया अघि बढ्नेछ। मेहनत गर्दा लक्ष्य प्राप्त गर्न सकिनेछ। आफ्ना सूचना बाहिरिने हुँदा गोपनीयतामा ध्यान पुर्याउनुहोला। आफ्नो मेहनतको फाइदा अरूले उठाउने चेष्टा गर्नेछन्। (नेपाली पात्रो)
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
Scorpioमेहनतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ। सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्न सक्छ। व्यापारमा धेरै फाइदा नभए पनि पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ। सन्तान वा अनुयायीको साथले हिम्मत जगाउनेछ। स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला। (नेपाली पात्रो)
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
Sagittariusरोकिएका घरेलु कामकाज बिस्तारै बन्नेछन्। हतारको निर्णयले काम बिग्रन सक्छ। दिगो योजना गोप्य राखेर अघि बढ्नुहोला। परिवारमा आमाको माध्यमबाट काम बन्न सक्छ। बुद्धिको उपयोगले प्रतिष्ठा जोगाउन सफल भइनेछ। प्रयत्न गर्दा लक्ष्य प्राप्ति हुनेछ। मेहनत गर्दा अध्ययनमा पनि प्रगति हुनेछ। रचनात्मक कार्यमा जुट्दा फाइदा हुनेछ। (नेपाली पात्रो)
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
Capricornईर्ष्यालु मन भएकाहरूले सताउलान्। प्रतीक्षित नतिजा कमजोर रहला। दोहोर्याएर प्रयत्न गर्दा काम बन्न सक्छ। आफ्नाले सहयोग नगर्दा काम बिग्रने डरले सताइरहनेछ। मेहनतको फल अरूलाई सुम्पनुपर्ने स्थिति आउन सक्छ।कृषिक्षेत्रमा भने अलि बढी परिश्रम र लगानी गर्नुपर्ला। व्यापार-व्यवसायमा थोरै लाभ भए पनि ठूलो आवश्यकता पूरा हुनेछ। (नेपाली पात्रो)
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
Aquariusबोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलालाई निखार्ने अवसर प्राप्त हुनेछ। मेहनतले सम्मानित स्थान दिलाउनेछ। मान-सम्मान प्राप्त हुनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। अध्ययनमा प्रगति हुनेछ भने चिताएको काम समेत सम्पादन हुनेछ। पहिलेका कमजोरीलाई सुधार्ने मौका पाइनेछ। (नेपाली पात्रो)
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
Piscesसहयोगीहरू प्रशस्तै भेटिनेछन्। रचनात्मक कार्य प्रारम्भ गर्ने समय छ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला। विगतको सफलताले थप हौसला मिल्नेछ। नयाँ कामको प्रस्ताव आउनेछ। मनग्य धन आर्जन होला। विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने अवसर प्राप्त हुनेछ। विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। (नेपाली पात्रो)
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 75

प्रतिक्रिया (०)

सम्बन्धित खबर