Aamsanchar

आत्मनिर्भर बन्दै पूर्वलागूऔषध प्रयोग कर्ता

Author Image
बिहिवार, मंसिर २३, २०७३

झापा,15416798_1192449287500902_1739535210_n
दुव्र्यसनीमा फसेका व्यक्तिलाई समाजमा नकारात्मक दृष्टिकोणले हेर्ने गरिन्छ । कुनै व्यक्ति दुव्र्यसनीमा फसेपछि उसले फेरि समाजमा राम्रा काम गर्न सक्दैन भन्ने मान्यतालाई चिर्दै झापाका १० जना पूर्व लागूऔषध प्रयोगकर्ताहरुले सिपमुलक तालिम लिएर समाजमा राम्रो उदाहरण प्रस्तुत गरेका छन् ।
झापाको बिर्तामोडमा कात्तिक ९ गतेदेखि १३ गते सम्म भएको विलिडिङ्ग इलेक्ट्रिसियन तालिममा पूर्व लागूऔषध प्रयोगकर्ताको सहभागिता रहेको थियो । नेपाल सरकार र गृहमन्त्रालय अन्तर्गत लागूऔषध नियन्त्रण इकाई कार्यालयको सहयोगमा चेतना नेपालले आयोजना गरेको थियो ।
झापालाई लागूऔषधमुक्त क्षेत्र बनाउने उद्देश्यले विभिन्न सचेतना कार्यक्रमहरु सञ्चालन गर्दै आएको चेतना नेपालले पूर्व लागूऔषध प्रयोगकर्ताहरुलाई एउटा सिपमुलक तालिम प्रदान गरेको बताइएको छ । पछिल्लो समय देखासिकी तथा विभिन्न मनोरञ्जनामा सहभागी हुने युवाहरुको जमात बढ््दै गएकाले उनीहरुलाई समेत सिप मुलक तालिम प्रदान गर्न सकेमा दुव्र्यसनीबाट मुक्त गराउन सकिने जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी प्रमुख प्रहरी निरीक्षक ढुण्डराज गिरीले बताए ।
खुल्ला सीमानाका कारण लागूऔषध ओसारपसार बढ्ने भन्दै लागूऔषध प्रयोगकर्ताहरुको निगरानी बढाएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रमुख एसपी शैलेशकुमार थापा क्षेत्रीले बताए । उनले सबै युवाहरु एक न एक कुरामा व्यस्त हुने हुने हो भने लागूऔषध तथा दुव्र्र्यसनीतर्फ लाग्नेको संख्या घट्ने भन्दै पूर्व दुव्र्र्यसनीहरुले सिप सिकेर राम्रो काम गरेको भन्दै उनीहरुलाई समाजमा चेतना फैल्याउन आग्रह गरेका थिए ।
झापालाई लागूऔषधबाट मुक्त बनाउन आफूले सहयोग गर्ने प्रमुख जिल्ला अधिकारी उत्तरकुमार खत्रीले आश्वासन दिएका छन् । उनले सबैको सामुहिक प्रयासबाट मात्र काम गर्न सहज र सफल भइने भन्दै चेतना नेपालले लागूऔषनध तथा दुव्र्यसनीमा फसेका तथा समाजमा चेतना फैल्याउन महत्वपूर्ण कार्य गरेको भन्दै प्रशंसा समेत गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका प्रजिअ खत्रीले पूर्व लागूऔषध प्रयोग कर्ताहरुलाई समाजले हेर्ने दृष्टिकोण बद्लेर समाजमा आफूले सिकेको सिपलाई उदाहरणको रुपमा प्रस्तत गर्न सुझाव समेत दिएका थिए ।
कार्यक्रममा डा. स्वमी चैत्यन्न, बिर्तामोड नगरपालिकाका गणेश पोखरेल, इलाका प्रहरी कार्यालय बिर्तामोडका केशवकुमार थेवे लगायतले बोलेका थिए । पूर्व लागूऔषध प्रयोगकर्ताहरुको तर्फबाट बोल्नेहरुले आफूहरु नजानेर दुव्र्यसनीमा फसेको र यसबाट निस्कन मुस्किल हुने गरे पनि सकारात्मक सोच राखेर आफूलाई बदल्छु भन्ने हो भने कुलतबाट मुक्त हुने कुरा आफैंबाट प्रमाणित भएको बताएका थिए । उनीहरुले आफूले तालिमबाट जीवन जिउन सिप पनि प्राप्त गरेकाले यसबाट अब आफूहरु सुधारको बाटोमा लाग्ने प्रतिबद्धता समेत जाहेर गरेका छन् ।
उनीहरुले भने– हाम्रो नयाँ जिन्दगीको शुरुवात भएको छ । अब हामीले हामी जस्तै दुव्र्यसनीमा फसेकाहरुलाई सचेत गराउँछौं ।
झापामा १५देखि ४५ वर्ष उमेर समूहका लागूऔषध प्रयोगकर्ता धेरै रहेको प्रहरीको तथ्याङ्कमा उल्लेख गरिएको छ । काँकरभिट्टा नाकाबाट लागूऔषध प्रयोगकर्ताहरु भारतका विभिन्न स्थानबाट लागूऔषध सेवन तथा ओसारपसार गर्न थाले पछि प्रहरीले लागूऔषध नियन्त्रण व्यूरो नै खडा गरी निगरानी गरेपछि पछिल्लो समय लागूऔषध प्रयोगकर्ता तथा कारोबारीहरु घटेको प्रहरीको तथ्याङ्कले देखाएको छ ।
खुल्ला सीमानाका कारण भारतका विभिन्न स्थानमा गएर लागूऔषध सेवन गरेर आउने गरेकाहरुलाई प्रहरीले पक्राउ गरी सचेतना प्रदान गर्न थालेपछि लागूऔषध प्रयोगकर्ताहरु घटेको जनाइएको छ । यसैबीच प्रहरीले आफ्नो छोराछोरीको निगरानी गर्न आमाबुबालाई आग्रह गरेको छ । विशेषगरी किशोर अवस्थामा आमाबाबुले आफ्ना नानीको ख्याल धेरै गर्नुपर्ने एसपी थापाको भनाइ छ ।

Views: 145

प्रतिक्रिया (०)

सम्बन्धित खबर