Aamsanchar

विमान दुर्घटनामा ४८ यात्रुको मृत्यु

Author Image
बिहिवार, मंसिर २३, २०७३

एजेन्सीः

CzEpZkPVQAAoO4r-584802254bddb2.08092710

इस्लामाबाद पाकिस्तानको पर्यटकीय सहर चितरालबाट राजधानी इस्लामावाद आउँदै गरेको पाकिस्तान इन्टरनेसनल एयरलाइन्सको विमान बुधबार दिउँसो दुर्घटनाग्रस्त भएको छ । विमानमा एक लोकप्रिय कलाकारसहित ४३ यात्रु र चालकदलका पाँच सदस्य थिए ।

विमानमा यात्रा गरिरहेका पाकिस्तानी पप गायक जुनैद जमशेद पछिल्लो समयमा धर्मगुरु बनेका थिए । चितरालबाट दिउँसो ३ः३० बजे उडान भरेको उक्त विमान ४ः४० बजे इस्लामाबादस्थित बेनजिर भुट्टो इन्टरनेसनल विमानस्थलमा अवतरण गर्ने तालिका थियो । तर ४ः१५ बजे राडारसँग विमानको सम्बन्ध विच्छेद भएको थियो ।

पाकिस्तानी सेनाले बुधबार रातिसम्म दुर्घटनामा ज्यान गुमाएका २१ वटा शव फेला पारेको जानकारी दिएको छ । सैनिकहरू उद्धार कार्यमा जुटेको सेनाले बताएको छ । दुर्घटनास्थल हवेलियामा रहेका सरकारी अधिकारी ताज मुहम्मदले सबै शव जलेकाले पहिचान गर्न कठिन भएको बताए । उनले प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै भने, ‘विमान पहिला पहाडी इलाकामा ध्वस्त भएको र भुइँमा नखस्दै आगो लागेको थियो ।’

पाकिस्तान इन्टरनेसनल एयरलाइन्सका प्रवक्ता दानियाल जिलानीले भने, ‘हामीले निकै दुःखका साथ भन्नुपर्छ, पिआइएको विमान पिके ६६१ चितरालबाट इस्लामाबाद उडान भर्दै गर्दा सम्पर्कविच्छेद भएको छ ।

उद्धारकर्मीले विमानको खोजी गरिरहेका छन् ।’ यसअघि सन् २००६ मा पनि पिआइएको विमान दुर्घटनामा परेको थियो । त्यस दुर्घटनामा ४४ जनाको ज्यान गएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 139

प्रतिक्रिया (०)

सम्बन्धित खबर