Aamsanchar

झापामा नागरिकस्तरवाट हाल सम्मकै ठुलो सामाजिक कार्यको थालनीहुदै

Author Image
बिहिवार, मंसिर २३, २०७३

 

विनोद पाण्डे

बिर्तामोड, मंसीर २३ । विकास निर्माण कार्यमा  सरकार नाकाम भईरहेको अवस्थामा झापा जिल्लाका नागरिले आफ्नै लगानीमा  ठुला ठुला सामाजिक कार्य सुरुगर्न थालेका छन ।  नागरिकले दुई बर्ष अघि झापामा समर्पण अभियान कार्यक्रमलाई अघिसारी  सो अभियानवाट करिवन दुई करोड रुपैया संकलन गरेर कन्काईमाई किनारमा कर्मयोेग भवन निर्माण सुरु गरेका थिए । हाल सो भवन उद्घाटनको नजिक पुगेको छ ।  पुन  ठुलो दोस्रो नागरिक अभियान कार्यक्रम अन्तरगत झापाको  बिर्तामोड–९ विराट पोखरमा १३ करोड रुपैयाँको लागतमा सुविधा सम्पन्न अत्याधुनिक विराट भरत विश्रान्तिको भौतिक पूर्वाधार निर्माणको शिलन्यस हुने भएको छ । दुई विगाह १६ धुर जग्गामा ज्येष्ठ नागरिकका लागि उक्त विश्रान्ति निर्माण गर्न लागिएको बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइयो ।

_MG_5485

पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष हर्कलाल गिरी

शुक्रबार एक समारोहकाबीच विराट भरत विश्रान्तिको उद्घाटन गर्ने कार्यक्रम तय भएको पत्रकार सम्मेलनमा बताइयो । विश्रान्तिको शिलान्यास पूर्व उप प्रधानमन्त्री कृष्णप्रसाद सिटौलाले गर्ने कार्यक्रम रहेको विश्रान्तिका अध्यक्ष हर्कलाल गिरीले जानकारी दिए । एक सय १० जना आजीवन सदस्यहरुबाट प्रतिव्यक्ति एक लाख रुपैयाँको दरले रकम संकलन गरिएको र आगामी दिनमा त्यसलाई बढाउँदै लगिने पत्रकार सम्मेलनमा जानकारी दिइयो । अध्यक्ष गिरीको सभापतित्वमा भएको कार्यक्रममा संरक्षक राजेश खड्काले सेवा केन्द्रका रुपमा विश्रान्तिलाई विकास गर्दै लाने, दुरदृष्टि राखेर यसलाई अघि बढाउने ऐतिहासिक महत्वको विराट पोखरीलाई संरक्षण गर्ने र यसलाई परियोजनाका रुपमा सञ्चालन गरेर अघि बढ्ने बताए । उनले विश्रान्तिमा ७५ जना बस्न सक्ने अत्याधुनिक सुविधासम्पन्न भवन बनाइने बताए ।विदेशीदाताको सहयोग बिनै रकम संकलन गरेर विश्रान्ति सञ्चालनमा ल्याइने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

 

_MG_5487

प्रस्थावित गुरुयोजना 

विश्रान्तिभित्र महिला तथा पुरुषका लागि छुट्टछुट्टै सामुहिक आवास गृह, सत्सग भवन, सामुहिक भोजनालय, भेटघाट केन्द्र, सिपविकास केन्द्र, स्वास्थ्यउपचार केन्द्र, संगीत तथा व्यायाम केन्द्र, सामुदायिक भवन, पुस्तकालय, कार्यालय भवन, स्टोर भवन, फुलबारी, करेसाबारी, गौशाला आदि रहने अध्यक्ष गिरीले बताए । पत्रकार सम्मेलनको सञ्चालन महासचिव गोपीकृष्ण प्रसाईले गरेका थिए ।

 

Views: 278

प्रतिक्रिया (०)

सम्बन्धित खबर