Aamsanchar

हुलाकी राजमार्ग पाँच वर्षभित्र बन्ने

Author Image
शुक्रवार, मंसिर २४, २०७३

दमक।

sadak-ko-durabasta

नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले तराईको समग्र विकासका लागि हुलाकी राजमार्ग अपरिहार्य भएको बताउनुभएको छ ।

झापाको गौरीगन्जस्थित गौरीगन्ज बजारमा आयोजित श्रीमद्देवीभागवत महापुराण धनधान्याचल नवाह ज्ञान महायज्ञको आज उद्घाटन गर्दै नेता सिटौलाले लामो र ऐतिहासिक महत्व बोकेको हुलाकी राजमार्ग निर्माणका लागि सरकारले धेरै काम अघि बढाइसकेकाले अब यसलाई प्राथमिकताका साथ पूरा गर्नुपर्नेमा जोड दिनुभयो ।

राजमार्ग निर्माणका क्रममा भारतीय ठेकेदारका कारण ढिलाइ भइरहेकाले अब भारत सरकारको सहयोगमा नेपाल सरकार आफैँले बाँकी काम अघि बढाउने उहाँले बताउनुभयो ।
सो राजमार्गले अबको पाँच वर्षमा पूर्णता पाउने अवस्था रहेको बताइएको छ । विसं १९९० मा निर्माण भएको दुर्गा मन्दिरको पुनःनिर्माणका लागि महायज्ञको आयोजना गरिएको महापुराण आयोजना मूल समितिका संयोजक विश्वराज रिजालले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 70

प्रतिक्रिया (०)