एजेन्सीः
‘इस्टर्न आई’ बेलायती पत्रिकाका अनुसार बलिउड अभिनेत्री दीपिका पादुकोणले यसपटकको ‘सेक्सिएस्ट एसियन वुमन’को उपाधि हात पारेकी छन् । उनले प्रियंका चोपडालाई पछि पार्दै उक्त उपाधि जितेकी हुन् । पूर्वविश्वसुन्दरी प्रियंका चोपडाले चारपटक यो उपाधि हात पारेकी थिइन् ।
सेक्सिएस्ट वुमन दीपिकाले हलिउडमा पनि फड्को मारेकी छन् । हलिउड फिल्म ‘रिटर्न अफ जेन्डर केज’मा उनले नायक भिन डिसेलसँग अभिनय गरेकी छन् । सेक्सिएस्ट वुमनको उपाधि जितेपछि दीपिकाले प्रतिक्रियामा भनिन्, ‘यसले मलाई कुनै खुसी दिएको छैन किनकि सेक्सीको अर्थ फरक मान्छेले फरक रूपमा लगाउने गर्छन् । मेरो विचारमा सेक्सी भनेको आत्मविश्वास हो । निर्दोषीपना पनि सेक्सी हो । मान्छेपिच्छे फरक अर्थ लाग्छ ।’
इस्टर्न पत्रिकाले हरेक वर्ष गर्ने यो सर्वेक्षणमा लाखौं भोटलाई आधार बनाइने गर्छ । चारपटक सेक्सिएस्ट वुमन बनेकी प्रियंका यसपटक दोस्रो स्थानमा परेकी छन् ।
नायिका नीआ शर्मा तेस्रो स्थानमा छिन् । उनको नाम सेक्सिएस्ट टेलिभिजन स्टारका रूपमा समेत घोषणा गरिएको छ। टीभी एक्ट्रेस दृष्टि धामी चौथो र नायिका आलिया भट्ट पाँचौं स्थानमा पर्न सफल भएका छन् । भोट दिएर पहिलो स्थानमा पु¥याउने सबैलाई धन्यवाद दिँदै दीपिकाले इस्टर्न आई पत्रिकाप्रति आभार व्यक्त गरेकी छन् ।
दीपिका यति बेला सञ्जय लीला भन्सालीको फिल्म ‘पद्मावती’को तयारीमा छिन् । यो फिल्ममा उनी आफ्ना ब्वाइफ्रेन्ड रणवीर सिंह र साहिद कपुरसँगै अभिनयमा हुनेछिन् ।