Aamsanchar

सन्दीप एपिएफमा

Author Image
शुक्रवार, मंसिर २४, २०७३

काठमाडौँ।

cricket-toli-of-nepal-57c7809c6de4a9.40944874

राष्ट्रिय क्रिकेट टोलीका युवा क्रिकेटर तथा १९ वर्षमुनि (यु–१९) उमेर समूहका कप्तान सन्दीप लामिछाने सशस्त्र प्रहरी बल (एपिएफ) क्लबमा आबद्ध भएका छन् ।

सोह्रवर्षीय लामिछानेलाई क्लबमा एक वर्षका लागि करारमा नियुक्त गरिएको सशस्त्र प्रहरी नायब उपरीक्षक अजय छत्कुलीले राससलाई बताउनुभयो । क्रिकेटर लामिछाने यही मङ्सिर २८ गतेदेखि श्रीलङ्कामा आयोजना हुने यु–१९ यसिया कपको तयारीमा समेत छन् ।

अस्ट्रेलियाका पूर्वकप्तान माइकल क्लार्कको एकेडेमीमा करिब दुई महिना क्रिकेट खेलेर केही समय अघि मात्र लामिछाने नेपाल फर्किएका हुन् । छत्कुलीले सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका लागि टोली निर्माण भइरहेको जानकारी दिनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 153

प्रतिक्रिया (०)

सम्बन्धित खबर