Aamsanchar

सिमांकनको नाममा भारतले लुम्बिनी कब्जा गर्न लागेको आरोप

Author Image
शुक्रवार, मंसिर २४, २०७३

भक्तपुर,

23417_Lord-Buddha

पूर्व पर्यटनमन्त्री एवं नेकपा एमालेका नेता आनन्द पोखरेलले सिमांकनका नाममा ७० वर्ष अघिदेखि भारतले लुम्बिनी कब्जाको रणनीति बनाएको टिप्पणी भन्दै अहिलेको सरकारले त्यो रणनीति सफल पार्न खोजेको आरोप लगाउनुभएको छ ।

उहाँले नेपालीको चाहनामा भन्दा पनि भारतको इशारामा पाँच नम्बर प्रदेशलाई टुक्राउँदै लुम्बिनी कब्जा गर्ने भारतको रणनीतिलाई अहिलेको सरकारले पूरा गराउन खाजेको उहाँको भनाई थियो ।

रफत सञ्चार क्लबले बिहीबार भक्तपुरमा आयोजना गरेको साक्षात्कारमा उहाँले प्रतिपक्षलाई जानकारी नै नदिई संविधान संशोधनको प्रक्रिया संसदमा ल्याएको जिकिर गर्दै उहाँले यो प्रस्ताव कुनै हालतमा संसदबाट पास नहुने दाबी गर्नुभयो ।

यस्तै पूर्व सूचना तथा सञ्चार मन्त्री एवं नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले वर्तमान समयमा संविधान संशोधनका बिषयमा संसदमा छलफल अगाडि बढाए समस्याको समाधान निस्कने बताउनु भएको छ ।

एमालेले संविधान संशोधनको पक्षमा नरहेता पनि संसदको प्रक्रियालाई अवरुद्ध नगरि संशोधनको छलफलमा गए संविधान कार्यान्वयनको पाटोले तिब्रता पाउने बताउनु भएको हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 137

प्रतिक्रिया (०)

सम्बन्धित खबर