Aamsanchar

कांग्रेसले पुस १५ सम्म जिल्ला अधिवेशन सम्पन्न गर्ने

Author Image
शुक्रवार, मंसिर २४, २०७३

काठमाडौं,

nc nepali congros

नेपाली कांग्रेसको महाधिवेशन भएको १० महिना बितिसक्दासमेत पाँच जिल्लाको अधिवेशन हुन बाँकी छ ।

केही जिल्लामा विवाद देखिएपछि तत्कालीन समयमा कांग्रेसको १३ औँ महाधिवशेन २०७२ फागुन २१ देखि २३ गतेसम्म राजधानीमा भएको थियो । तर त्यसयता झन्डै १० महिनासम्म पनि ती जिल्लाको अधिवेशन नभएपछि केन्द्रीय निर्वाचन समितिले आगामी पुस १५ गतेसम्म निर्वाचन हुन बाँकी जिल्ला र निर्वाचन क्षेत्रको निर्वाचन गर्न निर्देशन दिएको छ ।

समिति सचिव डा प्रदीप पराजुलीले विज्ञप्तिमार्फत निर्वाचन हुन बाँकी जिल्लाहरु सिरहा, धनुषा, महोत्तरी, पर्सा र डोल्पा तथा धनुषाको निर्वाचन क्षेत्र नं ५ को निर्वाचन पुस १५ भित्र सम्पन्न गर्न निर्देशन दिनुभएको छ ।

साथै समितिले १३ औँ महाधिवेशनका क्रममा महासमिति र स्थानीय अन्य निकायमा निर्वाचन हुन बाँकी निर्वाचन क्षेत्रमा जिल्ला कार्यसमितिले निर्णय गरी जिल्लास्थित डेमोक्रेटिक लयर्स एसोसिएसन, शिक्षक सङ्घलगायत संस्थाको सहयोगमा पुस मसान्तभित्र निर्वाचन सम्पन्न गर्न परिपत्र जारी गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 137

प्रतिक्रिया (०)