Aamsanchar

आज ६८ औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवस मनाईंदै

Author Image
शनिवार, मंसिर २५, २०७३

काठमाडौं ।1481338239day

आज ६८ औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाईंदै छ ।

संयुक्त राष्ट्र संघको महासभाले मानवअधिकारसम्बन्धी विश्वव्यापी घोषणापत्र पारित गरेको दिनको सम्झनामा हरेक वर्ष डिसेम्बर १० का दिन यो दिवस मनाउने गरिन्छ ।

संयुक्त राष्ट्रसंघ महासभाले सन् १९४८ को डिसेम्बर १० मा मानवअधिकारसम्बन्धी विश्वव्यापी घोषणापत्र जारी गरेको थियो ।

यस दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाललगायत राजनीतिक दलका नेताहरुले शुभकामना दिएका छन् ।

नेपालको संविधानमा सुनिश्चित गरिएको मानवअधिकारलाई जनताले उपभोग गर्न पाउने अवस्था सृजना गरिनुपर्नेमा सबैले जोड दिएका छन् ।

यस अवसरमा संयुक्त राष्ट्र संघका महासचिव वानकी मुनले सबैको आधारभूत स्वतन्त्रता र मानवअधिकार रक्षाका लागि एकजुट हुन सबैमा अपील गरेका छन् ।

Views: 77

प्रतिक्रिया (०)

सम्बन्धित खबर