Aamsanchar

अपडेटः जन्ती बस कारमा ठोक्किएर दुर्घटना, ज्यान गुमाउनेको संख्या चार पुग्यो

Author Image
शनिवार, मंसिर २५, २०७३

पथलैयाःCar-accident-584b776657aca8.82084228

बाराको पथलैया अमलेखगन्ज सडक खण्डमा शनिबार बिहान भएको दुर्घटनामा ज्यान गुमाउनेको संख्या चार पुगेको छ । वीरगञ्जबाट हेटौंडाका लागि जन्ती लिएर जाँदै गरेको ना ६ ख ६७५४ बस र विपरीत दिशाबाट आइरहेको ना १२ च ८२९० नम्बरको कार एक आपसमा ठोक्किएर भएको दुर्घटनामा कारका चालक खोटाङका २३ वर्षका दीपकबहादुर थापाको घटनास्थलमै मृत्यु भएको छ ।

उपचारका लागि चुरेहिल अस्पताल हेटौडा पुर्‌याएकी खोटाङकै कुमारी थापा र उनका ११ महिनाको छोरा जेनिस काफ्लेको उपचारका क्रममा मृत्यु भएको छ । त्यस्तै महेन्द्र आलेको उपचारका क्रममा हेटौंलास्थित जिल्ला अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ ।

घाइते भएका तीन जनाको अवस्था पनि गम्भिर रहेको छ । घाइतेको चुरेहिल अस्पतालमा उपचार भइरहेको छ । चालकको शव पोष्टमार्टमका लागि नारायणी उपक्षेत्रीय अस्पताल पुर्‌याइएको छ ।

बाक्लो हुस्सुका कारण दुर्घटना भएको अनुमान गरिएपनि कारण खुल्न सकेको छैन । कारमा सात जना सवार थिए । बसमा कति सवार थिए भन्ने यकिन नभएको तथा दुर्घटनास्थलमा पुग्दा बस छाडेर यात्रु तथा चालक फरार भएको पथलैयास्थित मध्य क्षेत्रिय ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।अन्नपूर्णबाट

Views: 134

प्रतिक्रिया (०)

सम्बन्धित खबर