सरिता ढकाल (खतिवडा)
“घर शान्तिको आधार ,दिगो बिकास का लागि लैगिक हिंसा रहित समाज” भन्ने नाराका साथ लैंगिक हिसा बिरुद्दको सोर्ह दिने अभियान सकिएको छ ।
यो प्रत्येक बर्ष अंग्रेजी महिनाको नोवेम्वर २५ देखि डिसेम्बर १० सम्म अन्तरास्टिय स्तर मा नै भव्य रुपमा मनाऊने गरिन्छ । यो अवधि बिशेष गरेर महिला ससत्तिकरण केन्द्रित कार्यक्रमहरु गरी सम्पन्न गर्ने गरिन्छ ।
महिला तथा वालबालिका हिंसा हुनु हुदैन,महिला हिंसा दण्डनीय छ किनकी यो अपराध हो,महिला तथा लिगंका आधारमा गरिने भेदभाव,अत्यचार र दुरव्यवहार विरुद्ध एक हुनु पर्दछ भन्दै कारणहरु प्रस्ट पार्ने गरिन्छ। यो सोर्ह दिने अभियानमा विभिन्न रास्टिय तथा अन्तरास्टिय ग़ैरसरकारी संस्था हरुले आफ्नो योजना अनुरुपका केन्द्र मा कार्यक्रम सम्पन्न गर्दैरहेका छन भने त्यसैको उदेस्य पुरा गर्ने गरी साखाहरुले पनि सुक्ष्म परियोजनाहरु मार्फ़त हिंसा विरोधी सन्देश प्रवाह गरिहरेका छन।
घर परिवार नै शान्तिको आधार भन्ने नाराले जे अर्थ राखे पनि समग्रमा हाम्रो अभियान मार्फ़त हामी महिला शसत्तिकरणका निमित्त लडिरहेका छौ ा हामी महिला कमज़ोर छैनौ,परिवार संचालनका निमित्त हामी रथका दुई मध्ये एक पांग्रा पक्कै हौ भन्ने मान्यता र भनाईलाई आधार बनाउने तर महिला जहिले पनि तलै या तल्लो स्तर मै छन,दुर्व्यवहार मात्रै सहीरहेका छन, पुरुष भन्ने शब्दले गिज्याई रहेको रहेपिरहेको छ भन्ने आभास दिलाउने गरी गरीने भाषणवाजी र वैचारिक राजनितिले महिला संसत्तिकरणको प्रभावकारीता मा कतै कमी त आउने हैन ?
कतै आफुलाई सधै सक्रिय र पुरुष भन्दा कमी नठान्ने महिला हरुको प्राकितिक रुपमा प्राप्त शशत्तिकरणको प्रभाव मा र्हास त आउने हैन रुकतै यस प्रक्रितिका नकारात्मक विचारहरुको एककोहोरो प्रवाहका अगाडि उपस्थित भएर कार्यक्रम सुनिरहनु पर्दा सिधा विचार लिएका महिलाहरु आफै अझ मानसिक रुपमा कमज़ोर र विक्षिप्त त भइ रहेका छैनन रु हामी महिलाहरुले नै महिलालाई समय परिवर्तन र व्यतीको चेतना स्तरको खयाल नगरिकन पुरानै लबिंग र मुद्दा हरु उठाएर अझ महिलाका मुद्दाहरु संकुचित त बनाउदै गई रहेका छैनौ रु यहाँ अप्रत्यक्ष रुपमा हिसा त भई रहेको त छैन ?
यस्ता नदेखिने वास्तविकता र तथ्यहरुको खोजी गरिनु पर्दछ ,बिस्लेशण र संसलेशण गरीनु पर्दछ हामी महिलाकै नेत्रुत्व गर्ने पंत्तीले नै निस्कष अगाडी ल्याउन जरुरी देखिन्छ ा
तपाई हामी सबैले गलत विचारको राजनिति,पार्टी र संगठनको राजनिति अनि ग़ैरसरकारी सघ संस्था स्थापनार्थ गरिने थोरै काम र धेरै राजनितिले नै महिला हरुको मनोविज्ञानलाई अझ कमजोर त बनाईरहेको पो छ की ख़्याल गरिनु पर्दछ।
अर्को पाटो हेर्ने हो भने आमा -सासु आमाहरु बाट दुर्व्यवहार र अन्याय भयो भनि बिभिन्न संघ संस्था हरुमा मुद्दा लिएर जादा अर्को एक्ली महिलाले पो सासु भएकै कारण सजाय पाउनु पर्ने हो की ,कतै वुहारीले सहानुभूति को गलत फाइदा ऊठाउदै महिला ले अर्की महिला माथी हिंसा फैलाइन की भन्ने जस्ता कुराहरु बाट स्वयं महिला नै सतर्क हुनु पर्दछ। महिलाले महिलाको भावना र बिचार नबुझ्दा अनि एकले अर्काको कुरा काट्ने अनि खुट्टा तान्ने र परीवार अनि सम्बन्धको समेत ख्याल नगर्ने प्रवितिका कारण महिला माथि महिलाले नै गरिने हंीसा दोव्वर बन्दै गइरहेको छ। यही चरीत्र र व्यवहार ईंकित गर्दै चलचित्र बन्न थालेको छ .
उपन्यास हरु लेखिन थालेका छन अनि लामा कथा (लघु कथाहरु वाक्लै प्रकासित हुन थालेका छन । त्यसकारण महिलाहरुको मनोविज्ञान परिवर्तन हुन जरुरी छ सोच्ने बेला भएको छ । आफु नै कतै चलचित्र,कथा र नाटकको पात्र वनेर विश्वका महिला हरुलाई नै अपमानित वनाई हिंसा त गरिरहेकी त छैनरु मनन गरी अगाडि पाईला चाल्नु पर्ने अवस्था आएको छ।
ऐतिहासिक जनआन्दोलन पस्चात लिखित सबिधानले महिला अधिकारका सम्बन्धमा धेरै बुदॉहरु अटाएकै अवस्था छ भने चालु आर्थिक बर्षको बजेट र जारी चौधौ निति तथा कार्य योजनाले समेत लैंगिक समानता र समावेसीकरणको लागि निति तथा कर्यक्रमहरु तय गरेको छ नै। तसर्थ यतिका कानुनि प्रावधान सहितको व्यवस्था हुदा हुदै (तिमी एक्लि र निरिह छौ,पिडित र असहाय छौ अनी तसैले तिमीलाई तेतिस हैन पचास या साठी भन्दा माथिको प्रतिसतमा आरक्षण को आवश्यक छ भन्दै चरीयाई रहेको घाउमा नुन छर्कने काम गर्नु दक्ष ,सफल,कर्मठ,तेज महिलालाई खुट्टा बाँधेर अगाडि बढ़ भनेको जस्तो हुनेछ भने यहॉ महिला भएकै कारण उसलाई अदक्ष छु भन्ने महसुस गराउनु र आभास दिलाउनु पनि एक प्रकारको हिंसा नै हो।
यसरी आफुले आफुलाई नै मानसिक हिंसाको दलदल मा फसाउनु भन्दा सरकारले लैगिक उत्तरदायित्व मानेर सबै निकायलाई आफुलाई प्राप्त बजेटको दस प्रतिसत महिला लक्षित कार्यक्रम मा ख़र्च गर्न दिएको निर्देशन पालना भए नभएको निगरानी गर्नमा उर्जा खर्च गरे मात्र पनि यो अभियानले नेपालमा आफ्नो सफलता प्राप्त गरेको विश्वले महसुस गर्ने छ।
त्यस्तै गरी महिला तथा बालबालिका का लागि छुट्याइएको बजेट र कार्यक्रम महिला नेत्रुत्व ले नै या बिनोजनकर्ताले नै राजनैतिक दबाव या पुर्वग्राही हिसावमा आफ्नो स्वार्थ अनुसार प्रयोग गरिन्दा पनि लक्षित समुह हिसांको सिकार भएको व्याख्या गर्न सकिन्छ ।
यसरी लैंगिक हिंसा बिरोधि अभियान चलिरहदा यही सोर्ह दिन भए पनि महिला भएकै कारण र आफ्नै कारण आफ्नै समुहलाई गरिने शब्द हिंसा,सम्बोधन हिंसा र हिनता लाई कम गर्न सके अभियानले सार्थकता पाउने छ ।[email protected]