Aamsanchar

झापामा नयाँ एलपी ग्यास उद्योग संचालनमा आयो

Author Image
शनिवार, मंसिर २५, २०७३

बिर्तामोड, मंसीर २५। १५ करोड रुपैयाँको लागतमा झापामा नयाँ ग्यास उद्योग सञ्चालनमा आएको छ । ऊर्जासंकट भइरहेको बेला झापाको बिर्तामोड नगरपालिका–२ चारपानेमा अत्याधुनिक र सुविधासम्पन्न पाथीभरा ग्यास उद्योग सञ्चालनमा आएको हो । नेपाल सरकारले ग्यासबाट चल्ने गाडी आयात गरे पनि ‘हाइ–वे’मा ग्यासको स्टेण्ड राखेर ग्यास उपलब्ध गराउन सक्ने गरी ग्यास उद्योग सञ्चालनमा ल्याइएको उ

019-133द्योगका प्रबन्ध निर्देशक लय भण्डारीले शनिवार आयोजित पत्रकार सम्मेलनमा बताए । ५ सय टन क्षमताको लक्ष्य राखेर उद्योग सञ्चालनमा ल्याइएको र शनिवार मात्रै तीन हजार ५ सय सिलिण्डर बजारमा पठाइसकेको अध्यक्ष एकराज उप्रेतीले जानकारी दिए ।
नेपाल वनजंगलको धनी भए पनि वन जंगल मासिँदै गएको र बढ्दो सहरीकरणले अत्यधिक ग्यासको उपभोग हुने गरेकाले मेची अञ्चललाई धान्ने गरी उद्योग सञ्चालनमा ल्याइएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । झापाका ऊर्जाशील व्यवसायीसँग सहकार्य गर्दै दुई विगाह क्षेत्रफलमा उद्योग सञ्चालनमा रहेको र उद्योगमा २५ जनाले प्रत्यक्ष रोजगार पाएको पत्रकार सम्मेलनमा बताइएको छ । अत्याधुनिक प्लान्ट निर्माण गरेर ग्यास उत्पादन शुरु गरिएको बताइएको छ । ५० हजार सिलिण्डर एक साथ बजारमा पठाइने र ग्यासको सटेज हुँदा पनि मेची अञ्चलवासीलाई सहज रुपमा ग्यास उपलब्ध गराउने प्रतिबद्धतासहित हामीले ग्यास उद्योग सञ्चालनमा ल्याएका हौं– उद्योगका प्रबन्ध निर्देशक भण्डारीले भने । यहाँको माग र झापामा एक औद्योगिक क्षेत्रको रुपमा विकास गराउन उद्योगको स्थापना गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
पूर्वाञ्चलभरीलाई आफ्नो मुख्य बजार बनाउने उद्देश्य कम्पनीले लिएको उद्योगका अध्यक्ष उप्रेतीले बताए । पाथीभरा ग्यास उद्योगसँगै झापामा ग्यास उद्योगको संख्या ४ पुगेको छ । मेची, पराजुली, कनकाई यसअघि सञ्चालनमा आएका ग्यास उद्योग हुन् भने कान्छो उद्योगको रुपमा पाथीभराले ग्यास उत्पादन शुरु गरेको हो । उद्योगको उद्घाटन पण्डितद्वारा विधिपूर्वक पाठपूजा गरेर गरिएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 161

प्रतिक्रिया (०)

सम्बन्धित खबर