Aamsanchar

बि.स.२०७३ मंसिर २६ गते, आईतबार,ईश्वी सन् २०१६ डिसेम्बर ११ तारिख, नेपाल सम्बत् १९३७

Author Image
आइतवार, मंसिर २६, २०७३

मेष (चू ,चे, चो, ला, लि, लू, ले, लो, अ)

कला साहित्य तथा सिर्जनात्मक क्षेत्रमा लगानि गर्ने अनुकुल बाताबरण बनेर जानेछ। समय अनुसार आफ्ना बिषय बस्तुको उँठान गर्न सके आर्थिक रुपमा सम्पन्न होईनेछ। राजनिति तथा समाजसेवामा जनताको साथ रहने तथा प्रशासनिक क्षेत्रमा सम्मानजनक उपस्थिति रहनेछ। सुन्दर तथा बिलाशि बस्तुहरुको उपभोग गर्न पाईने हुनाले मन प्रशन्न हुनेछ। पढाई लेखाईमा अरुलाई निकै पछाडि पारि अगाडि बढ्न सकिनेछ भने प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई हराई अगाडि जान सकिने हुँनाले आफन्तहरु खुसि हुँनेछन्।

बृष (ई,ऊ,ए,ओ, वा, वी, वू, वे, वा)

आयात निर्यात सम्बन्धि ब्यापार ब्याबसाय फस्टाएर जानेछ । स्वास्थ्य सम्बन्धि समस्या आउँने तथा आँखामा समस्या बड्नेछ । बिद्या तथा प्रतिश्पर्धामा प्रशस्त मेहनेत गर्नु पर्नेछ । मान सम्मान तथा ईज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ सचेत रहनुहोला । धन सम्पति नोक्सान हुनुका साथै अस्पताल खर्च तथा अनाबस्यक खर्च बढ्नेछ । आफन्त तथा छिमेकीसँग सैद्धान्तिक बिषयमा मतभेद हुँनेछ । सिमित स्रोत साधनबाट असिमित आवस्यक्ताहरुको परिपुर्ति गर्नुपर्दा मन चिन्तित रहनेछ ।

मिथुन (का, की, कू ,घ, ङ, छ ,के,को, हा)

स्वास्थ्य सम्बन्धि साना तिना समस्याले पिरोल्नेछ । काममा ब्यस्त भएपनि श्रमको उचित मुल्य नआउँने हुँदा मन चिन्तित रहनेछ । माया प्रेममा अबिश्वास सिर्जना हुँने तथा पति पत्निबिच बिवाद सिर्जना हुनेछ । आम्दानि भन्दा खर्च बढ्ने हुनाले आर्थिक ब्याबस्थापन गर्न कठिन हुनेछ । प्राकृतिक स्रोत साधन तथा खनिज पदार्थ सम्बन्धि कारोकार गर्दा ध्यान दिनुहोला प्रशासन सँग बिवाद बढ्न सक्छ। कामहरु समयमा नहुने र दाईहरु सँग मनमुटाब बढ्ने हुदा मन चिन्तित भईरहनेछ। रुपैया पैसा अरुलाई नदिनुहोला फिर्ता नहुन पनि सक्छ ।

कर्कट (ही, हू ,हे, हो, डा, डी, डु, डे, डो)

राजनिति तथा सामाजिक क्षेत्रमा तपाईको सम्मान जनक उपस्थिति हुनेछ भने समाजको बिकासका लागि सकारात्मक आवाज उठान गर्ने अवसर जुर्नेछ । कार्यक्षेत्रमा तपाईको ओजिलो निर्णय क्षमताको सम्मान हुँनेछ । तपाईको सरल जिवन शैलि देखि आफन्त, साथिभाई तथा छिमेकिहरुका लागि सिक्ने अवसर मिल्नेछ भने तपाईको ब्याक्तित्वको सबैतिर चर्चा हुनेछ । सम्मानित काम गरेर समाजमा नाम तथा दाम दुबै कमाउँन सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ तथा पति पत्निबिच बिश्वासको बातावरेण बढेर जानेछ ।

सिहं (मा, मी, मू , मे, मो, टा, टी, टू , टे )

आफ्नो सस्कार तथा सस्कृतीको जगेर्ना गर्ने काममा समय दिनु पर्नेछ । लामो दुरिको धार्मिक तथा शैक्षिक यात्राको तय हुनेछ । सामाजमा तपाईको काम देखि सबै प्रशन्न हुनेछन् भने मान सम्मान तथा ईज्जत प्रतिष्ठा बढेर जानेछ । भाग्यले साथ दिने हुँदा थोरै लगानिबाट प्रशस्त आम्दानि हुने तथा सानु प्रयत्नले ठुलो काम बन्नेछ । पुराना साथिभाई सँग भेटघाट गरि नँया योजना प्रस्तुत गर्न पाउँदा गर्बको महशुस हुनेछ । परिवार तथा आफन्त बाट तपाईको काममा रचनात्मक सहयोग हुनेछ ।

कन्या (टो, पा, पी, पू , ष,ण, ठ, पे, पो)

फलाम सँग सम्बन्धित सामानहरुको प्रयोग गर्दा होसियारि अपनाउँनु होला चोटपटक लाग्न तथा दुर्घटना हुन सक्छ । पुराना समस्याहरु दोहोरिन तथा बल्झन सक्छन् सचेत रहनुहोला । न्यायिक निर्णयहरु तपाईको पक्षमा नहुने हुँनाले आज मुद्धा मामिलामा सामेल भए हारिने सम्भावना रहेको छ । समयमा काम नबन्ने तथा ऋण लाग्ने हुँनाले मानसिक तनाब बढ्नेछ । बैक तथा बित्तिय सस्थामा गरिएको लगानि बाट सन्तोषजनक नाँफा कमाउन सकिनेछ । आफन्त तथा आत्मिय मित्रहरु तपाई आफ्नै कारणले टाडिन सक्छन् ख्याल गर्नुहोला ।

तुला ( रा, री, रु, रे, रो, ता, ती, तू ,ते )

घर परिवार बिशेष गरि पति पत्नि बिचको सम्बन्धमा दुरी बड्नेछ भने प्रेममा धोका हुन सक्छ ख्याल गर्नुहोला । मान सम्मान तथा ईज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ । यात्रा गर्दा तथा सवारि साधनको प्रयोग गर्दा ध्यान दिनुहोला अप्रिय घटना हुन सक्छ । ब्यापार ब्याबसायमा नाँफा कमाउँन प्रशस्त समय खर्चिनु पर्नेछ । बिद्या तथा प्रतिश्पर्धामा अरुभन्दा पछि परेको भान हुनेछ । बाहिरि बातावरणमा घुलमेल हुँन नसक्दा स्वास्थ्य सम्बन्धि सामान्य समस्याले पिरोल्नेछ भने बिभिन्न बाधा अवरोधहरुको सामना गर्दै अगाडि बढ्नु पर्नेछ ।

बृश्चिक (तो, ना, नी, नू ,ने,नो, या,यी, यू)

बिद्या तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई सजिलै हराउँन सकिनेछ । सत्रु परास्त हुनेछन् तथा न्यायलयबाट हुने न्यायिक सम्पादन तपाईकै पक्षमा हुनेछ । ब्यापार ब्याबसायमा प्रशस्त नाँफा कमाउँन सकिनेछ । माया प्रेम तथा पति पत्निबिच बिश्वासको बाताबरण मजभुत भएर जानेछ । पुरानो लेनदेन सम्बन्धि कारोबारहरु सल्टिनेछ भने संकट ब्याबस्थापनका लागि चालिएका कदमहरुबाट सकारात्मक नतिजा आउँनेछ । कामहरु समयमा सम्पन्न हुँने हुँनाले तपाईको दैनिकी फेरिनेछ।

धनु (ये, यो, भा, भी, भू , ध, फा, ढा, भे)

बौद्धिक कार्यमा सहभागि भई आफ्नो गतिलो प्रश्तुति पस्कने अवसर प्राप्त हुनेछ भने पढाई लेखाईमा राम्रो प्रगति हुनेछ । परिवार तथा सन्तान बाट तपाईले गरेको काममा सहयोग हुनेछ । शिक्षा क्षेत्रसँग सम्बन्धित ब्यापार ब्याबसायमा लगानि बडाउँदा राम्रो प्रतिफल प्राप्त हुनेछ । प्रेम प्रशङगमा रमाउँन चाहनेहरुका लागि लामो समय सँगै बसेर भावना तथा मनका कुरा साटासाट गर्ने अवसर प्राप्त हुँनेछ । आकस्मिक लाभ हुँने तथा बाधा अवरोधहरु स्वत हटेर जानेछन् । भौतिक सम्पति तथा सवारि साधन प्राप्तिको योग रहेको छ ।

मकर (भो, जा, जी, जू, जे, जो, ख, खी, खू,खे, खो, गा, गी)

राजनिति तथा सेवामुलक काममा दिन बिते पनि जनताको मन जित्न निकै नै संघर्ष गर्नु पर्नेछ । कृषि,सहकारि तथा पशुपालन ब्याबसायलाई आधुनिकिकरण गरि प्रशस्त रुपैया पैसा कमाउँन सकिनेछ । श्वास प्रश्वास तथा छाति सम्बन्धि समस्या बढ्न सक्छ । परिवार तथा आफन्तजनबाट धोका हुँन सक्छ सजक रहनुहोला । पढन पाढनमा समय दिन सकिने अवस्था रहने छैन भने आफन्त तथा घर परिवारमा उपस्थिति जनाउँन नसक्दा तपाईदेखि टाडिन सक्छन् ख्याल गर्नुहोला ।

कुम्भ (गू , गे , गो, सा, सी, सू , से, सो, दा)

छोटो तथा रमाईलो यात्राको तय हुनेछ । दाजुभाई तथा छिमेकबाट आर्थिक सहयोग तथा सकारात्मक सल्लाह पाईनेछ । न्यायलयबाट हुने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् । बादबिवाद, प्रतिश्पर्धा तथा मुद्दा मामिलामा तपाईकै जित निश्चित छ । उद्योग ब्यापार ब्याबसायबाट मनग्गे आम्दानि हुने हुँनाले मन प्रशन्न रहनेछ । पराक्रम बडेर जानुका साथै कामहरु समयमा बन्नेछन् । माया प्रेम तथा पति पत्निबिचको सम्बन्धमा बिश्वासको बाताबरण बढेर जानेछ । छिमेकि दाजुभाई तथा आत्मिय मित्रहरुबाट भने जस्तो आर्थिक तथा भावनात्मक सहयोग मिल्नेछ ।

मीन (दी दू थ झ ञ दे दो चा ची )

तपाईको बक्तब्य कलाको प्रभावले समाजमा सकारात्मक तरङग पैदा गर्नेछ । बोलिको प्रभाव बढ्ने हुँदा बोलिकै भरमा कामहरु सम्पादन हुनेछन् । धन सम्पति तथा आय आर्जनमा बृदि हुनेछ । माया प्रेमको गाठो झन कसिलो भएर जानेछ । नयाँ नयाँ साथि संगतले नयाँ कुराको खोज तथा अनुशन्धान गर्ने जागर आउनेछ । पारिवारिक माहोलमा जमघट भई मिठा मिठा खानेकुराहरु भोजन गर्ने अवसर प्राप्त हुनेछ । बिद्या तथा प्रतिश्पर्धामा तपाईको नाम अग्र्र पंतिमा आउनेछ। सांगितिक क्षेत्रमा समय दिनेहरुका लागि आजको दिन उत्तम रहेको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 167

प्रतिक्रिया (०)

सम्बन्धित खबर