Aamsanchar

पाँचसय किलो तौलकी महिला शल्यक्रियाका लागि भारत आउने

Author Image
आइतवार, मंसिर २६, २०७३

नयाँ दिल्ली (भारत) :

obesealaune-TL-584be6ccd49c53.19738970

‘विश्वकै सबैभन्दा बढी वजन’ भएकी इजिप्टकी महिला शल्य चिकित्साद्वारा तौल घटाउन आगामी हप्ता भारतको पश्चिमी सहर मुम्बई आउने भएकी छिन् ।

भारतीय शल्य चिकित्सक मुफाजल लाकदवालाले इजिप्टकी ५०० किलोग्राम ( करिब एक हजार एक सय पाउन्ड) तौल भएकी इमान अहमद अब्देल अतिको शल्यक्रियाको खर्च चिकित्सक आफैले बेहोर्ने गरी उपचार गर्ने प्रस्ताव गरेपछि उनी भारत आउन तयार भएकी हुन्।

छत्तीस वर्षीया अब्देल अति विगत २५ वर्षदेखि आफ्नो घरबाहिर ननिस्केको उनकी बहिनीले बताएपछि लाकदवालाले उनको उपचारका लागि इच्छा प्रकट गरेका थिए।

उनी सानो छँदा हात्तीपाइले भएको र यसैका कारण उहाँको तीघ्रा तथा शरीरको अन्य भाग सुनिएर ठूलो भएको थियो । त्यसको केही समयपछि उहाँलाई मस्तिष्कघात भएको थियो । मस्तिष्कघातले थलिएकी उहाँ वर्षौदेखि आफ्नो कोठाबाट बाहिर निस्कन सक्नु हुन्न ।

उपचारका लागि इच्छुक चिकित्सक लाकदवालाले भने, “मैले शतप्रतिशत निको पार्छु भनेमा म झुटो बोलेको ठहर्नेछ, तर सम्भवभएसम्म मैले उहाँको उपचारमा सघाउने छु ।”

अब्देल अतिले भारतमा करिब दुई महिना लामो उपचारपछि घर फर्किनसक्ने लाकदवालाले जानकारी दिएका छन्। रासस÷एएफपी

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 135

प्रतिक्रिया (०)

सम्बन्धित खबर