Aamsanchar

सीएनएन ‘सुपर हिरो’मा पुष्प बस्नेत मनोनीत

Author Image
आइतवार, मंसिर २६, २०७३

काठमाडौं ।

1481372954pushpa-basnet-final

अभिभावकसँग कारागार जीवन बिताउन बाध्य बालबालिकालाई त्यहाँबाट छुटाइ आश्रय दिएर उदाहरणीय काम गरेकी पुष्पा बस्नेत सीएनएन ‘सुपर हिरो’मा मनोनीत भएकी छन् ।

कारागारका बालबालिकालाई काठमाडौंको बूढानीलकन्ठमा प्रारम्भिक बाल विकास केन्द्र खोली आवासीय सुविधासहित शिक्षा–दीक्षाको व्यवस्था गरेर उल्लेखनीय काम गरेको जनाउँदै सीएनएनले बस्नेतलाई सन् २०१२ को ‘सीएनएन हिरो’ उपाधिले सम्मान गरेको थियो ।

केन्द्रमा हाल कारागार जीवन बिताइरहेका अभिभावकका ३७ बालबालिका आश्रित छन् ।

बस्नेतसँगै सीएनएन सुपर हिरोका लागि अमेरिकाको न्यू अरलेन्स राज्यकी लिज म्याक कार्थी, फिलिपिन्सका एफ्रेन पेनाफ्लोरिडा, इन्डोनेसिया बालीकी रोविन लिम र अमेरिकाकै इस्ट मोलिन राज्यका चाड प्रेग्य्राकसमेत मनोनयन भएका छन् ।

सीएनएन हिरो बनाउन शनिबार (आज) र आइतबार (भोलि) http://edition.cnn.com/SPECIALS/cnn.heroes/vote/ (क्लिक गर्नोस्) मा गएर मत दिन सकिने काठमाडौंमा मत अभियान चलाइरहेका युवा अभियानकर्मी गौरव कँडेलले बताए ।

नेपाली समयअनुसार यही मंसिर २७ गते बिहान ८ बजे सीएनएन सुपर हिरोबारे सीएनएन टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्नेछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 235

प्रतिक्रिया (०)

सम्बन्धित खबर