Aamsanchar

उपाधि एफसी राजगढलाई

Author Image
आइतवार, मंसिर २६, २०७३

चकचकी।

foot-1024x680

झापाको चकचकीमा सञ्चालित राजवंशी जिल्ला स्तरीय नकआउट फुटबल प्रतियोगिताको उपाधि झापा एफसी राजगढले हात पारेको छ ।

शनिबार भएको फाइनल खेलमा फूलबारी युवा क्लबलाई टाइब्रेकरमा ५–४ गोलले हराउँदै राजगढले उपाधि कब्जा गरेको हो । उपाधिसँगै राजगढले १८ हजार नगद पुरस्कार जितेको छ भने उपबिजेता आयोजकले १३ हजार नगद हात पारेको छ ।

निर्धारित समय गोलरहीत भएपछि टाइब्रेकरमा खेल भएको थियो । बिजेता तथा उपबिजेता टीमका खेलाडीलाई स्थानीय विकास राज्यमन्त्री श्रीप्रसाद जबेगुले पुरस्कार वितरण गरेका थिए ।

मंसीर ९ गतेदेखि सञ्चालित प्रतियोगितामा जिल्लाका २० वटा टीमको सहभागिता रहेको आयोजक क्लबका अध्यक्ष दिपेश राजवंशीले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 74

प्रतिक्रिया (०)

सम्बन्धित खबर