Aamsanchar

एउटै लौका २५ किलोको फलेपछि…

Author Image
आइतवार, मंसिर २६, २०७३

धनगढी।

1481453537lauka-final-final

तरकारीका लागि बढी प्रयोगमा आउने लौका बढीमा ५, ८ वा १० किलोसम्म फल्नसक्छ भनेर सबैले अनुमान लगाउन सक्छन् ।

तर, धनगढीका एक किसानको बारीमा २५ किलोको एउटा लौका फलेको छ । धनगढी, बसन्तटोलका लालितमान सोपको बारीमा यति ठूलो लौका फलेको हो ।

केही दिनदेखि यहाँ जारी सुदूरपश्चिम महोत्सवअन्तर्गत् कृषि प्रदर्शनीस्टलमा राखिएको यो लौका हेर्नेको भीड लाग्ने गरेको प्रदर्शनीकक्षका किसान बालकुमार रानामगरले बताए ।

स्थानीय जातको यो गोलो लौकाको बोटमा कम्पोस्ट मल प्रयोग गरिएको बताइएको छ । यति ठूलो लौका फलेको देख्दा आफूलाई अनौठो लागेको लौका अवलोकन गरेका स्थानीयबासी हरिश जोशीले बताए ।

महोत्सवस्थलमा प्रदर्शनका लागि ल्याइएको हिमालको चौंरीगाई र मरुभूमिको ऊँट पनि अर्को आकर्षणको केन्द्र बनेको छ । ‘चौंरीगाई र ऊँट नदेखेकाले हेर्न आएको हुँ’–अवलोकनमा भेटिएका हेमराज पनेरुले भने–‘आफूहरुको लागि चौंरीगाई र ऊँट अनौठो जन्तु लाग्यो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 293

प्रतिक्रिया (०)