आजको तिथिमिति
श्रीसूर्य दक्षिणायन हेमन्त ऋतु,सौम्यनाम संवत्सर, शाके १९३८, विक्रसम्वत २०७३ साल मंसिर २८ गते भौमवार नेपाल सम्बत ११३७ थिँल्लाथ्व,सन् २०१६ डिसेम्बर १३ तारिक शुक्लपक्ष चतुर्दशी तिथि विहान ८÷३३ वजेसम्म, रोहिणी नक्षत्र राती १०÷२७ वजेसम्म, साध्ययोग, वणिज करण, आनन्दादियोग मातंग, सूर्य वृश्चिक राशीमा, चन्द्रमा वृष राशीमा ।
मेषः– दिन मध्यम देखिन्छ । आर्थिक क्षेत्रमा प्रभाव पार्ने खालका काम नगर्नु होला । परिश्रमपूर्वक गरेका काम सफल हुनेछन् ।
वृषः– काम गर्ने उत्साहा बढ्नेछ । पारिवारिक सुख मिल्नेछ । काममा देखिएका समस्या कम भएर जाने छन् । अर्थ लाभ हुनेछ ।
मिथुनः– अनावस्यक विवाद पर्न सक्छ । दैनिक काम काजमा अवरोध आउन सक्छ । परभाव एवं परबन्धनको सम्भावना देखिन्छ । व्यापार घट्नेछ ।
कर्कटः– आफन्तको सहयोग सहानुभूति मिल्नेछ । आकस्मिक आम्दानीको योग देखिन्छ । गरेका काम प्राय सफल हुनेछन् । व्यापारबाट आम्दानी बढ्नेछ ।
सिंहः– रोकिएका कामले गति लिनेछ । गरेका काम अधिकाँश सफल हुने देखिन्छ । वाह्य सहयोग मिल्नेछ । यात्राको सम्भावना पनि देखिन्छ ।
कन्याः– समयले पूर्ण साथ दिने देखिन्न । समयले कम साथ दिने हुदा काम गर्दा विचार पु¥याउनु होला । इज्जतको ख्याल राखेर काम गर्नु होला ।
तुलाः– दिन प्रतिकुल देखिन्छ,जोखिम मोलेर काम नगर्नु होला । स्वास्थ्यमा समस्या आउनेछ । धोका दिन सक्छन । वेकामको खर्च बढ्नेछ ।
वृश्चिकः– वैदेशिक काम काजमा प्रगति हुनेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । आफन्तको सहयोग मिल्नेछ । रजोगुण बढ्नेछ ।
धनुः– मुद्धा मामिलामा विजय प्राप्त हुनेछ तै पनि शत्रु लाग्न छोड्ने छैनन । प्रयत्नपूर्वक गरेका काम सफल हुनेछन् । ऋणमा जोड नदिनु होला ।
मकरः– दिन मध्यम खालको देखिन्छ । दुविधा बढ्नेछ । काम काजमा सामान्य प्रगति हुनेछ । व्यापार व्यवसायबाट अल्प लाभ हुने देखिन्छ ।
कुम्भः– भौतिक क्षयको सम्भावना देखिन्छ । काम गर्दा विभिन्न समस्या आउन सक्छन् । शारीरिक शिथिलता बढ्नेछ । घरयासी खर्चमा वृद्धि हुनेछ ।
मिनः– निर्णय क्षमता बढनेछ । काम गर्ने उत्साहा बढ्नेछ । अधुरा कार्य सम्पादन हुनेछन् । नयाँ कामको अवसर आउन सक्छ ।