Aamsanchar

पर्यटकको लर्को, अधिकांश घुम्न आउने बढे

Author Image
मङ्गलवार, मंसिर २८, २०७३

सोलुखुम्बु ।

sagarmatha

पर्यटकको भीड लाग्ने शरद ऋतु (सेप्टेम्बर, अक्टोबर र नोभेम्बर)महिनामा सगरमाथा क्षेत्रमा पर्यटक आगमनमा उल्लेख्य वृद्धि भएको छ ।

भूकम्प तथा नाकाबन्दीका कारण अघिल्लो शरद ऋतुमा पर्यटक नआउँदा थलिएको सगरमाथा क्षेत्रको पर्यटन व्यवसायमा यस वर्ष सुधार आएको छ । अघिल्लो वर्ष सेप्टेम्बरमा एक हजार ५७४ जना, अक्टोबरमा पाँच हजार २१२ र नोभेम्बरमा तीन हजार ७७९ विदेशी पर्यटकले सगरमाथा क्षेत्रको भ्रमण गरेका थिए ।

यस वर्ष उक्त समयमा १९ हजार ४१७ पर्यटकले सगरमाथा क्षेत्रको भ्रमण गरेका छन् । सगरमाथा राष्ट्रिय निकुञ्जका सूचना अधिकारी जयराम न्यौपानेका अनुसार यस वर्षको सेप्टेम्बरमा ३ हजार १३० जना, अक्टोबरमा १० हजार १३ र नोभेम्बरमा ६ हजार २७४ विदेशी पर्यटकले सगरमाथा क्षेत्रको भ्रमण गरेका छन् ।

सगरमाथा क्षेत्रमा सेप्टेम्बरदेखि नोभेम्बर तथा मार्चदेखि मेसम्ममा पर्यटक दृष्यावलोकन तथा हिमाल आरोहणका लागि आउने गरेका छन् । छ महिना व्यवसाय सञ्चालन तथा बाँकी छ महिना बन्द रहने सगरमाथा क्षेत्रका व्यवसायी यस वर्ष पर्यटक आगमनमा भएको सुधारसँगै उत्साहित बनेका नाम्चेका होटल व्यवसायी कर्मा शेर्पा बताउनुहुन्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 114

प्रतिक्रिया (०)

सम्बन्धित खबर
आज सप्तमी श्राद्ध
सोमवार, असोज ७, २०८१