Aamsanchar

बालबालिकालाई न्यानो कपडा

Author Image
मङ्गलवार, मंसिर २८, २०७३

उर्लाबारी ।images

होक्लाबारीमा रहेका तीन सय गरिब बालबालिकालाई सोमबार रु चार लाख बराबरको न्यानो कपडा वितरण गरिएको छ ।

इसाई धर्मका अनुयायीद्वारा स्थापित काठमाडौँस्थित ‘आशाको किरण’ नामक संस्थाले होक्लाबारी–२ स्थित होक्लाबारी माविमा गाविसका ६, ७, ८ र ९ नं वडाका गरिब तथा विपन्न परिवारका बालबालिकालाई झोला, कम्बल, जम्पर, ट्र्याक सुट लगायत न्यानो कपडा वितरण गरिएको संस्थाका कार्यक्रम संयोजक दीपक न्यौपानेले जानकारी दिनुभयो ।

Views: 187

प्रतिक्रिया (०)

सम्बन्धित खबर