Aamsanchar

मेस्सीले भेटे प्लाष्टिकको जर्सी लगाउने मुर्तजालाई, मैदानमा सँगै हिँडे

Author Image
बुधवार, मंसिर २९, २०७३

एजेन्सीको सहयोगमा,

mm JS116054207_AFP_FC-Barcelona-Lionel-Messi-L-holds-the-large_trans_NvBQzQNjv4BqqVzuuqpFlyLIwiB6NTmJwfSVWeZ_vEN7c6bHu2jJnT8

बार्सिलोनाका स्ट्राइकर लियोनल मेस्सीको प्लाष्टिकले बनेको जर्सी लगाएर अनलाईनमा चर्चामा आएका अफगानिस्तानका एक बालकले मेस्सीलाई भेट्ने मौका पाएका छन् ।

गएको जनवरीमा मेस्सी तथा नम्बर १० लेखिएको प्लाष्टिकको जर्सी लगाएको तस्बिर सामाजिक सञ्जालमा पोस्ट भएपनि अफगानिस्तानका बालक मुर्तजा अहमदी चर्चामा आएका थिए । अहमदीलाई अहिले आएर मेस्सीले भेटेका छन् ।

जनवरीमा सामाजिक सञ्जालमा अहमदीको तस्बिर भाइरल भएपनि मेस्सीले आफूले हस्ताक्षर गरेको जर्सी उनका लागि पठाएका थिए । मेस्सीले अहमदीलाई दोहामा भेटेको कतार विश्वकप २०२२ आयोजक कमिटिले जनाएको छ ।

कतारको टिम अल अहलीसँग मैत्रीपूर्ण खेलका लागि बार्सिलोनाको टिम दोहा पुगेको थियो । यही अवसर पारेर मेस्सीले अहमदीलाई भेटेका हुन् । अहमदी पिचमा मेस्सीसँगै हिँडे ।
यो खेलमा बार्सिलोना ५–३ ले विजयी भयो । कतार विश्वकप २०२२ आयोजक कमिटिले मेस्सी र अहमदीको भेट भएको कुरा ट्वीट मार्फत जानकारी दिएको हो । उसले लेखेको छ ‘त्यो तस्बिर जो दुनिया देख्न चाहन्थ्यो । त्यो ६ वर्षको बालकले आफ्नो हिरो मेस्सीसँग भेट्ने सपना देखेको थियो । अन्ततः सकार भयो ।’
अफगानिस्तानको गन्जनी प्रान्तको जाघौरी जिल्लाका अहमदीको परिवार अपहरणको चेतावनीका कारण पाकिस्तान विस्थापित भएका छन् । अहमदीको तस्बिर चर्चामा आएपछि अस्ट्रेलियामा बस्दै आएका उनका काका अजिम अहमदीले उनको पहिचान गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 135

प्रतिक्रिया (०)