Aamsanchar

कारको ठक्करवाट मोटरसाइकल चालकको मृत्यु

Author Image
बुधवार, मंसिर २९, २०७३

झापा, 

bus_accident

झापाको दमक नगरपालिका १० मा गएराती नम्बर नखुलेको कारले ठक्कर दिंदा मोटरसाइकल चालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा मे ८ प ११९३ नम्बरको मोटरसाइकल चालक मोरङ उर्लाबारी नगरपालिका ६ मङलबारे बस्ने ३९ वर्षिय राजन कुँइकेल रहेका छन। कुईकेललाई राती २१३० बजे दमक १० राजमार्गमा नम्बर नखुलेको निलो कारले ठक्कर दिएको थियो।

ठक्करबाट गम्भीर घाइते भएका चालकलाई उपचारकालागी लाईफ लाईन अस्पताल दमकतर्फ लैजानेक्रममा बाटैमा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ। ठक्कर पश्चात फरार कार तथा चालकको प्रहरीबाट खोजी भइरहेको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 125

प्रतिक्रिया (०)

सम्बन्धित खबर