काठमाडौंः
सरकार गठन भएको चार महिनापछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले सम्पत्ति विवरण सर्वजनिक गरेको छ ।
सार्वजनिक भएको सम्पत्ति विवरण अनुसार प्रधानमन्त्री प्रचण्ड सुशील कोइरालापछिकै गरिब देखिएका छन् । प्रचण्डको आफ्नो नाममा कतै जग्गा छैन भने श्रीमती सीता दाहालको नाममा चितवनको भरतपुरमा एक कट्ठा पैतृक सम्पत्ति भएको देखाइएको छ ।
प्रधानमन्त्री प्रचण्डको सम्पत्ति विवरणमा सुन भने ३ तोला भएको र उक्त सुन समेत पैतृक भएको उल्लेख गरिएको छ । यसरी हेर्दा प्रधानमन्त्री प्रचण्ड गरिब प्रधानमन्त्रीकै दर्जामा देखिएका छन् । उनको बैंकमा खाता छैन भने कुनै सवारी साधन समेत छैन् ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 84