Aamsanchar

देवकोटा पुरस्कारका लागि पाँच स्रष्टा छनोट

Author Image
बुधवार, मंसिर २९, २०७३

काठमाडौँ ।download

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले २०७३ सालका लागि प्रदान गरिने महाकवि लक्ष्मीप्रसाद देवकोटा पुरस्कारको छनोट गरेको छ ।

जनही रु एक लाख राशिको उक्त पुरस्कार पाउने पाँच जना स्रष्टामा डा वानिरा गिरी (कविता), कृष्ण गौतम (निबन्ध र समालोचना), परशुप्रधान (आख्यान र नाटक), वासुदेव मुनाल ( बाल साहित्य, लोक साहित्य र नगेन्द्रराज शर्मा (साहित्य सेवातर्फ) रहेको मन्त्रालयले जनाएको छ ।

विसं २०६८ मा सरकारले स्थापना गरेको महाकवि देवकोटा पुरस्कार हरेक वर्ष पाँच जना व्यक्तित्वलाई वितरण गर्दै आएको छ ।

महाकवि देवकोटा पुरस्कार मापदण्ड तथा कार्यविधि बमोजिम गठित महाकवि देवकोटा पुरस्कार चयन समितिले गरेको सिफारिसअनुसार मन्त्रिस्तरको निर्णयबाट पुरस्कार दिने निर्णय भएको पर्यटन मन्त्रीका प्रेस सल्लाहकार सुनिल सापकोटाले जानकारी दिनुभयो ।

Views: 222

प्रतिक्रिया (०)

सम्बन्धित खबर