Aamsanchar

२०७३ साल मंसिर ३० गते विहिवारको राशिफल हेर्नुहोस्….

Author Image
बिहिवार, मंसिर ३०, २०७३

श्रीसूर्य दक्षिणायन हेमन्त ऋतु,सौम्यनाम संवत्सर, शाके १९३८, विक्रसम्वत २०७३ साल मंसिर ३० गते विहिवार नेपाल सम्बत ११३७ थिँल्लागा,सन् २०१६ डिसेम्बर १५ तारिक कृष्णपक्ष द्वितीया तिथि राती २ वजेर १६ मिनेटसम्म, आद्र्रा नक्षत्र राती ७ वजेर ३९ मिनेटसम्म, शुक्लयोग, तैतिलकरण, आनन्दादियोग काण, सूर्य वृश्चिक राशीमा, चन्द्रमा मिथुन राशीमा ।
मेषः– सवै समस्याको समाधान आफ्नै पहलमा हुने छन् । काम गर्ने जोश जागर पनि बढ्ने छ । व्यापार व्यवसायबाट आय आर्जन बढ्ने छ । साथि भाई इष्टमित्रबाट पनि सहयोग मिल्ने छ । महत्वकाँक्ष बढ्ने छ ।
वृषः– अरुको भरमा कुनै पनि काम नगर्नु होला । आफ्नै प्रयासमा काम बन्ने छन् । आर्थिक संरचनालाई नचलाउनु होला । स्थान परिर्वन गर्न मन लाग्ने छ । आफन्तका कारण विवादमा पर्न सकिन्छ सतर्क रहनु होला ।
मिथुनः– आफ्नो काममा दत्तचित्त भएर लाग्नु होला अवश्यमेव सफल हुनुहुने छ । कार्य क्षमता बढ्ने छ । आर्थिक कारण काममा सामान्य समस्या देखिन सक्छ,त्यो प्रयत्नबाट नै समाधान गर्न सकिने छ । आय बढ्ला ।
कर्कटः– व्यय विचार बढ्ने छ । व्यापार व्यवसायमा गिरावट आउन सक्छ । काममा भन्दा अनावस्यक काममा समय र धन लगानी हुने देखिन्छ । विवाद पर्न सक्ने कुरालाई पनि नकार्न सकिन्न । चिन्ता पनि बढ्ला ।
सिंहः– आय आर्जन बढ्ने छ त्यसलाई बचाएर राख्ने प्रयत्न गर्नु होला । नोकरी तथा राजनीतिमा नयाँ ठाँउ मिल्न सक्छ । काम गरेर दाम कमाउन सकिने छ । विरोधीसँगको लडाई जितिने छ । व्यापार बढ्ला ।
कन्याः– अधुरा रहेका कामले गतिलिने छ । नयाँ कामको अवसर आउन सक्ने कुरालाई नकार्न सकिन्न । आर्थिक क्षेत्रमा पनि सुधारका संकेत देखिने छन् । सामाजिक प्रतिष्ठा बढ्ने छ । पढाईमा ध्यान जाने छैन ।
तुलाः– धार्मिक विश्वास बढ्ने छ । फलदायी यात्राको सम्भावनालाई नकार्न सकिन्न । अरुको काममा समय दिदा आफ्ना काम धेरै अधुरा रहन सक्छन् । आफ्नो इज्जतको ख्याल राखेर काम गर्नु होला ।
वृश्चिकः– भाग्यमा अवरोध आउने छ । अनावस्यक काममा समय खेर जानेछ । बन्न लागेका काम पनि विग्रिने छन् । व्यापार व्यवसायमा गिरावट आउने छ । स्वास्थ्यमा पनि समस्या नआउला भन्न सकिन्न ।
धनुः– काममा सामान्य समस्या देखिए पनि ती सवै प्रयत्नबाट समाधान भएर जानेछन् । व्यापार व्यवसायमा पनि सुधार आउने छ । अर्थ अभावका कारण नयाँ काममा केहि अप्ठ्यारो आउन सक्छ । यात्रा हुन सक्छ ।
मकरः– विदेश यात्रामा अवरोध आए पनि व्यापार व्यवसायमा भने सुधार आउने छ । विरोधीको सक्रियता बढ्ने हुदा काम गर्दा सजग रहनु होला । मनमा एक प्रकारको चिन्ता रहि रहने छ । आम्दानी बढ्ने छ ।
कुम्भः– काम प्रतिको चासो बढे पनि के गर्ने के नगर्ने भन्न कुरामा अलमल हुन सक्छ,जसको फाइदा अरुले उठाउन खोज्ने छन् । व्यापार व्यवसायमा आफुले सोचे जस्तो प्रगति हुने छैन । घरपरिवारमा समस्या देखिने छन् ।
मिनः– घरयासी कुरामा बढि केन्द्रित हुनु पर्ला । आलस्यता बढ्न सक्छ । अनावस्यक कुरामा अल्झिने सम्भावना बढि छ । व्यापार व्यवसायमा धेरै प्रगति हुने देखिन्न । मन चञ्चल हुन सक्छ । खर्चको मात्रा बढ्ने छ ।
– ज्यो. पण्डित वेदनिधि तिमिल्सिना

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 182

प्रतिक्रिया (०)

सम्बन्धित खबर