झापा,
झापाका विल्सन विक्रम राईले बलिउड चलचित्रमा अभियन गरेका छन् ।
पछिल्लो समय सुनिल थापाले प्रियंका चोपडासँग ‘मेरी कोम’मा काम गरेका थिए भने त्यसअघि ‘बर्फी’मा भोला सापकोटाले। विल्सन हाल नाम सार्वजनिक नगरिएको एक बलिउड फिल्मको महाराष्ट्रको पुनामा धमाधम सुटिङ गरिरहेका छन्। उनले अभिनय गरेको फिल्ममा सलमान खान अभिनित’वान्टेड’मा सलमानको जोडी बनेकी आयशा टाकियासँग काम गरिरहेका छन्। फिल्ममा उनी नेपाली पात्रको भूमिकामा देखिनेछन्।
फिल्ममा उनको सुटिङ तालिका १० दिनको रहेको बताइन्छ। बाल मनोविज्ञान कथामा बनिरहेको फिल्म कमेडी प्रधान रहेको बताइन्छ। भारतबाट नेपालमा कन्सट गर्न आएको एक सांगीतिक समूहका सदस्यले वील्सनको चर्चा सुनेपछि यो प्रोजेक्टका लागि वील्सनलाई सिफारिस गरेपछि सो फिल्ममा काम गर्ने मौका प्राप्त भएको हो।
निर्माण पक्षले विल्सनलाई भ्यानिटी भ्यान, छुट्टै गाडी र ड्राईभरका साथ एक म्यानेजरको सुविधा दिएको छ। फिल्मलाई नव निर्देशक आशुतोष वारङले निर्देशन गरिरहेका छन्।
यसैबीच सामाजिक सञ्वालमा विक्रम राईले यस्तो स्टाटस पोष्ट गरेका छन् ।
सेमुना सेवारो नमस्कार ूयो अर्को सुरुवात हो मेरो, हजुरहरुको साथ र आशीर्वाद सदा चाहान्छु ू हिजो जस्तो लाग्छ झापा को बीर्तामोडमा ३आयसा टाकीया जी को फीलीम ३वन्टेड हेर्ने पैसा नभएर , हाप्टेम पछी एक्दीन र हफ्टेम अघि एक्दीन गर्दै हेरेको आज कलाछेत्रको ठूलो खोलामा जानी नजानी पौडी खेल्दा खेल्दै वाहा सङ्गै बलीहुड को यती ठूलो मायानगरीमा सङै एउटै फीलीम मा काम गर्नु पाउनु भनेको मेरो लागि मात्रै हैन हरेक आज स्ट्रगल गर्दै यो छेत्रमा केही गर्छु भन्ने को लागि खुशी को कुरा हो जस्तो लाग्छ यदी तपाईं एक लगन ले केही काम गर्नुहुन्छ भने तीयो काम लेनै तपाईं सबै थोक दीन्छ ३ माया०प्रेम०सम्मान ३जय०नेपाली०सीनेमा०प्रेमी जय माया प्रेम।